Skip to content
Shikhar Insurance
National Life

क्रुड भनेर तयारी तेल आयात, भन्सार छलि भएको भन्दै महालेखाले लेख्यो करोडौं बेरुजू

Hyundai
NCELL
NIMB

काठमाडौं । क्रुड (कच्चा) भनेर तयारी तेल आयात गरेपछि महालेखा परिक्षक कार्यालयले बेरुजू लेखेको छ । तेस्रो देशबाट आयात गरी भारत निर्यात गर्ने तेलमा भन्सार छलि भएको भन्दै महालेखाले थप अनुसन्धान गर्न भनेको हो ।

महालेखाको प्रतिवेदनमा भनिएको छ, ‘पैठारी भएका मालवस्तुको वर्गीकरणमा द्विविधा भएमा हार्मोनाइज्ड प्रणालीको व्याख्या सम्बन्धी सामान्य नियमहरूबमोजिम वस्तुमा अन्तर्निहित आवश्यक लक्षण र विशिष्टतम विवरणका आधारमा हार्मोनाइज्ड प्रणाली कोड निर्धारण गर्नुपर्ने व्यवस्था छ ।

विभिन्न पैठारीकर्ताले क्रुड पाम ओलिन पैठारी गरेकोमा विराटनगर भन्सार कार्यालयले विभागमा प्रयोगशाला परीक्षणको लागि नमुना सङ्कलन गरी पेस गरेकोमा विभागको प्रयोगशाला प्रतिवेदन बमोजिम उक्त मालवस्तु कच्चा तेल नभई अर्धतयारी तेल भएको उल्लेख छ ।

केही प्रज्ञापनपत्रमा पैठारीकर्ताले उक्त वस्तुलाई भन्सार उपशीर्षक १५११.१०.०० मार्फत १० प्रतिशत भन्सार महसुल र कर लगाई जाँचपास गरेको छ । सोअनुसार उक्त वस्तु १५११.९०.२० बाट १५ प्रतिशत भन्सार महसुल र मूअकर लगाई जाँचपास गर्नुपर्नेहुँदा फरक दरबन्दीबाट जाँचपास गर्दा छुट भएको महसुल विराटनगर भन्सार कार्यालयको रु. ९ करोड ३३ लाख ५० हजार तथा भैरहवा भन्सार कार्यालयको

रु. ४ करोड ४७ लाख ६८ हजारसमेत रु.१३ करोड ८१ लाख १८ हजार छानविन गरी असुल गर्नुपर्दछ । साथै विराटनगर भन्सार कार्यालयका केही प्रज्ञापनपत्रमा जाँचपासको लागि धरौटी सुविधा दिएको देखिन्छ । धरौटी मार्फत भएको कारोबारमा कार्यालयले भन्सार उपशीर्षक १५११.१०.०० बाट १० प्रतिशत महसुल र कर रकम धरौटी राखी जाँचपास गरेको छ । यसरी जाँचपास गर्दा भन्सार उपशीर्षक १५११.९०.२० बाट १५ प्रतिशत महसुल र कर लगाई जाँचपास गर्दा नपुग हुने धरौटी रकम रु.२५ करोड १० लाख ९० हजार थप गर्नुपर्ने देखिन्छ । यस सम्बन्धमा कार्यालयले छानबिन गरी असुल गर्नुपर्दछ ।’

क्रुड र तयारी तेलको विषयमा भन्सार विभाग र व्यपारीबिच विवाद चर्किएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्