Skip to content
Shikhar Insurance
National Life

आन्दोलनको नाममा निजी क्षेत्र माथीको आक्रमण दुखद: महासंघ

Hyundai
NCELL
NIMB

काठमाडौं । राजावादीहरुले गरेको आन्दोलनमा निजी संरचनामा समेत आक्रमण भएपछि नेपाल उद्योग वाणिज्य महासंघ आपत्ति जनाएको छ । भाटभटेनी डिपार्टमेन्टल स्टोर, व्यक्तिको घर तथा भवनमा आगजनी भएपछि सम्बन्धित सबै पक्षलाई गम्भिर बन्न महासंघले आग्रह गरेको हो।

महासंघले एक विज्ञप्ति जारी गर्दै आन्दोलनको नाममा भएको लुटपाट र तोडफोडमा महासंघको गभ्भीर ध्यानाकर्षण भएको जनाएको छ । विज्ञप्तिमा भनिएको छ, ‘ विभिन्न माग राखी हुने गरेका आन्दोलन/प्रर्दशन र त्यसबाट सर्वसाधारण एवं उद्यमी व्यवसायीको पेशा व्यवसाय गर्न पाउने नैसर्गिक अधिकार हनन हुनुका साथै निजी तथा सार्वजनिक सम्पत्तिमाथि हुने गरेको आक्रमण, लुटपाट, आगजनी लगायत गतिविधिहरू प्रति नेपाल उद्योग वाणिज्य महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।’

आन्दोलनमा एक जना राजावादी र एक जना फोटो पत्रकार मारिएका थिए । यस्तै, कोटेश्वरमा रहेको भाट भटेनी सुपरमार्केट तोडफोड गरी विभिन्न सामानहरु चोरी भएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्