काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले साधारण सभा बोलाएको छ । कम्पनीको असार ८ गते बसेको सञ्चालक पिमतिको निर्णय अनुसार सभा असार ३० गते होटल इच्छा सिमरा, बारामा दिउँसो १ बजेदेखि आव्हान गरेको हो ।
सभामा गत आवको मुनाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पुँजी ३ अर्ब ३९ करोड ९८ लाख ३६ हजार रुपैयाँको आधारमा ५.१० प्रतिशत बोनस सेयर र कर प्रयोर्जनको लागि ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षक प्रतिवेदन सहितका अन्य वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्नेछन् ।
सभामा संस्थापक सेयरधनी (समूह क) को तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना, सर्वसाधारण शेयरधनी (समूह ख) बाट २ जना र १ जना स्वतन्त्र सञ्चालकको निर्वाचन गर्नेछ।
वार्षिक साधारणसभा तथा लाभांश विरतण प्रयोजनका लागि कम्पनीले असार २० गते १ दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। जसअनुसार असार १९ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कायम सेयरधनी मात्रै सभामा भाग लिन र सभाले पारित गर्ने लाभांश प्राप्त गर्न योग्य हुने कम्पनीले एक सूचनामार्फत जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्