काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष ०८०।०८१ को मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ । कम्पनीको जेठ २५ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार सेयरधनीलाई कुल ५.३६ प्रतिशत लाभांश घोषणा गरेको हो ।
कम्पनीको हाल कायम रहेको चुक्ता पूँजी ३ अर्ब ३९ करोड ९८ लाख ३६ हजार रुपैयाँकाे आधारमा ५.१० प्रतिशत बोनस सेयर र ०.२६८४ प्रतिशत नगद लाभांश (कर प्रयोजनको) लागि रहेको छ ।
साथै, उक्त लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउँने एक सूचनामार्फत जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्