Skip to content
Shikhar Insurance
National Life

सशस्त्र प्रहरी बलले चालु आवमा उठायो ५ करोड राजस्व

Hyundai
NCELL
NIMB

सुनसरी । सशस्त्र प्रहरी बल ४ नम्बर गणले चालु आर्थिक वर्षमा ५ करोडभन्दा बढी राजस्व सङ्कलन गरेको छ । सशस्त्र प्रहरी बलले चालु आवको प्रथम १० महिनामा ५ करोड एक लाख ९७ हजार ४४५ राजस्व सङ्कलन गरेको सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाले राससलाई जानकारी दिएका हुन् ।

चालु आवको साउनमा ४७ लाख ३४ हजार ४६९, भदौमा ६१ लाख पाँच हजार ५०२, असोजमा ३२ लाख ९ हजार ५३६, कात्तिकमा ३६ लाख ३७ हजार २०७, मङ्सिरमा ५२ लाख ९१ हजार ५६४, पुसमा ७१ लाख ६८ हजार २९८, माघमा रु ४० लाख ३२ हजार ६५५ राजस्व सङ्कलन भएको छ ।

त्यसैगरी, फागुनमा रु ४२ लाख ९५ हजार ६७२, चैतमा ३४ लाख ५५ हजार ५०५, वैशाखमा ४७ लाख एक हजार ३८७ र जेठमा३५ लाख ६५ हजार ५५० गरी जम्मा ५ करोड एक लाख ९७ हजार ४४५ राजस्व सङ्कलन भएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्