काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंककाे करिब डेढ लाख कित्ता सेयर सर्वसाधारणमा बिक्रीमा खुल्ला भएको छ । बैंकले संस्थापक समूहको १ लाख ४२ हजार ५१३ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
यो सेयरमा हाललाई अन्य व्यक्ति तथा संस्थाले शेयर खरिदका लागि निवेदन सक्ने बैंकले जनाएको छ । यसअघि बैंककै संस्थापक सेयरधनीलाई सेयर बिक्री खुला गरिएकोमा खरिदका लागि कुनै पनि निवेदन प्राप्त नभएको बैंकले जनाएको छ।
इच्छुक व्यक्ति तथा संस्थाले १५ दिनभित्र बैंकको शेयर खरिदका लागि निवेदन दिन सक्नेछन्। निवेदन काठमाडौंको बालुवाटारस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्ने बैंकले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्