Skip to content
Shikhar Insurance
National Life

९ महिनामा भित्रियो करिब १२ खर्ब रेमिट्यान्स, अन्तिम श्रम स्वीकृति लिनेको संख्या ३ लाख ५८ हजार नाघ्यो

Hyundai
NCELL
NIMB

काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनामा विप्रेषण आप्रवाह १० प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार ९ महिनामा ११ खर्ब ९१ अर्ब ३१ करोड रुपैयाँ पुगेको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १७.२ प्रतिशतले बढेको थियो ।

त्यस्तै, अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.३ प्रतिशतले वृद्धि भई ८ अर्ब ७४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १५।२ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) १३०१ अर्ब ९४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ११७४ अर्ब ५४ करोड रहेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत नयाँ) लिने नेपालीको संख्या ३,५८,२२२ र पुन: श्रम स्वीकृति लिनेको संख्या २,४९,६५२ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमश: ३,२७,८४२ र २,११,२२६ रहेको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्