Skip to content
Shikhar Insurance
National Life

सन नेपाल लाइफको हकप्रदमा आजदेखि आवेदन दिन सकिने

Hyundai
NCELL
NIMB

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आज (बैशाख ३० गते) देखि हकप्रद सेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्तापूँजीको १:०.२७ अनुपातमा १०० अंकित दरका १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद निष्कासन गनए लागेको हो ।

लगानीकर्ताले सन नेपाल लाइफ इन्स्योरेन्सको पुतलीसडक कार्यालय, कम्पनीको विराटनगर, विरगञ्ज,पोखरा,बुटवल,नेपालगञ्ज,सुर्खेत,धनगढी शाखा कार्यालय, नेपाल एसबिआई मर्चेन्ट बैंकिङ र नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

कम्पनीकोे हकप्रद सेयरमा जेठ १९ गतेसम्म आवेदन दिन सकिनेछ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ।

हकप्रद सेयर निष्कासन प्रयोजनका लागि कम्पनीले बैशाख ५ गते बुकक्लोज गरेको थियो । बैशाख ४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले सो हकप्रद सेयरका लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्