Skip to content
Shikhar Insurance
National Life

संगठन बलियो बनाउन अनेरास्ववियूले ४७ जना विद्यार्थी नेतालाई दियो प्रशिक्षण

Hyundai
NCELL
NIMB

काठमाडौं । अनेरास्ववियू पुर्वाञ्चल राष्ट्रिय कमिटी द्धारा आयोजित नेतृत्व क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । संगठनलाई चुस्त दुरुस्त राख्नका लागि अनेरास्ववियूले प्रशिक्षण दिएको हो ।

प्रशिक्षणमा नेकपा एकृकित समाजवादीका पोलितब्युरो सदस्य सुदेश पराजुली प्रमुख अतिथि रहेका थिए  । उनले सम्रग राजनीतिक परिवेशका विषयमा आफ्नो मन्तव्य राखेका थिए । पार्टी केन्द्रीय सदस्य माधव पन्त नेपाली विद्यार्थी आन्दोलन,अनेरास्ववियूका ईतिहास र आगामी कार्य योजनाको विषयमा प्रशिक्षण दिएका थिए ।

यस्तै,अनेरास्ववियूका अध्यक्ष महेश श्रेष्ठले संगठन विधि,विधान,पद्धति अनेरास्ववियू काम कर्तव्यको विषयमा प्रशिक्षण दिएका थिए । संगठनका उपाध्यक्ष अशोक थापाले स्वागत तथा शुभकामना मन्तव्य राखेका थिए।

कार्यक्रममा ४७ जनाको सहभागिता रहेको थियो । प्रशिक्षणमा पुर्वाञ्चल विश्वविद्यालय अन्तर्गतका विभिन्न कलेज बाट ३/३ जनाको दरले सहभागी भएका थिए । कार्यक्रममा संगठनका उपाध्यक्ष कल्याण दाहाल,महासचिव राजन शर्मा पराजुली अतिथी रहेको अनेरास्ववियू पुर्वाञ्चल राष्ट्रिय कमिटीका अध्यक्ष मनोज चन्दले जानकारी दिए।

GBIME

प्रतिक्रिया दिनुहोस्