काठमाडौं । नेकपा एसनिकट अनेरास्ववियूले सीटीइभीटीमा पढ्ने विद्यार्थीको लागि प्रवेश परीक्षा नलिई भर्ना लिने निर्णय खारेजको माग गर्दै ज्ञापनपत्र बुझाएको छ । अनेरास्ववियूले आज (बुधबार) सीटीइभीटीका सदस्य सचिव महेश भट्टराईलाई कार्यलयमा नै पुगेर ज्ञापनपत्र बुझाएको हो ।
सीटीइभीटीको २०७ औं बैठकले यसै शैक्षिकसत्रदेखि सीटीइभीटीद्वारा सञ्चालित कुनै पनि कार्यक्रम विना प्रवेश परीक्षा विद्यार्थी भर्ना लिने निर्णय गरेको थियो । उक्त निर्णयविरुद्ध अनेरास्ववियूको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै उक्त निर्णय खारेज गर्न माग गरेको हो ।
विना प्रवेश परीक्षा जीपीएको भरमा मात्र विद्यार्थी भर्ना लिँदा सामुदायिक विद्यालयबाट पास भई आएको विद्यार्थीहरु मारमा पर्ने,जीपीए सामुदायिकका भन्दा प्राइभेटबाट आएका विद्यार्थीहरुको बढी हुने र सीटीइभीटीमा पढ्ने अवसर पनि प्राइभेटका विद्यार्थीहरुले धेरै पाउने भन्दै हरेक विद्यार्थीहरुलाई समान ढंगले अवसर दिनको निम्ति प्रवेश परीक्षा अनिवार्य गरिनुपर्ने उनीहरुको माग छ ।
त्यस्तै परिषद्को निर्णयबाट गरिएको प्रवेश परीक्षा लिनुनपर्ने भनी गरिएको निर्णय तत्काल खारेज गरिनुपर्ने ज्ञापनपत्रमा उल्लेख गरेको छ । यदि त्यसो नगरे अनेरास्ववियू जुनसुकै हदमा जानसक्ने चेतावनीसमेत दिएको छ।
प्रतिक्रिया दिनुहोस्