Shikhar Insurance
National Life

एम्बुलेन्स ड्राइभर र अहेब मिलेर अस्पताल संचालन गरेको पाइयो : मुख्यमन्त्री सिंह

सिंहदरबार संवाददाता
२०८१ फाल्गुन २३, शुक्रबार १५:११
Hyundai
NCELL
NIMB

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आफ्नो जीवनको परवाह नगरी बिसौँ वर्षदेखिका बेथिति अन्त्यका लागि आफूले अभियान सञ्चालन गरेको बताएका छन् । शुक्रबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले बेथिति अन्त्यका लागि विगतका संघीयमन्त्री वा प्रदेशका मुख्यमन्त्रीहरुले पनि कुनै काम नगरेको आरोप लगाए । उनले स्वास्थ्य तथा शिक्षा क्षेत्रमा भएका बेथिति अन्त्यका लागि अभियान सञ्चालन गर्दा विभिन्न ठाउँबाट भड्काउने प्रयास गरेको भन्दै आफूले आँट गरेर अगाडि बढेको दाबी गरे ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

मधेसका केही स्थानमा एकैदिन भएको २१ वटा अस्पताल अनुगमनमा २० वटा बिनादर्ता सञ्चालन गरिएको पाइएकाले उक्त अस्पताल तत्काल बन्द गरिएको उनको भनाइ छ । उनले विगतका सरकारले पनि विभिन्न धम्कीका कारण काम गर्न नसकेको हुनसक्ने भन्दै आफूले बेथिति अन्त्यका लागि ज्यानको बाजी लगाएर भएपनि अभियान जारी राख्ने जानकारी दिए ।

मुख्यमन्त्री सिंहले मधेस प्रदेशका आठै वटा जिल्लामा नक्कली डाक्टरले मान्छेको ज्यानसँग प्रत्यक्ष खेलवाड गरेको भेटिएको बताए । बिना मापदण्ड खोलिएका अस्पतालहरुमा डाक्टरको एनएमसी नम्बर समेत नक्कली भेटिएको उनको भनाइ छ । उनले एम्बुलेन्स चालक तथा अनमी र अहेब पढेका व्यक्तिहरुले समेत अस्पताल सञ्चालन गरेको भेटिएको बताए ।

मुख्यमन्त्री सिंहले एसइई नजिक आइसकेकाले त्यसमा भएका बेथिति अन्त्यका लागि आफूले अभियान सञ्चालन गरी रहेको जानकारी दिए । उनले मधेशका आठ वटै जिल्लाका शिक्षा अधिकारीलाई एसईई परीक्षामा कतै चिट भेटिए केन्द्रध्यक्षलाई निलम्बन गर्नेसम्मको तयारी गरेको बताए ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्