Shikhar Insurance
National Life

जलविद्युत विधेयकको दफा १७ बाहेकका सबै दफाहरु समितिद्वारा पारित

सिंहदरबार संवाददाता
२०८१ फाल्गुन ८, बिहीबार १६:५८
Hyundai
NCELL
NIMB

काठमाडौं । जलविद्युत विधेयकको दफा १७ बाहेकका सबै दफाहरु प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिले सर्वसम्मत पारित गरेको छ । बिहीबार सिंहदरबारमा बसेको समिति बैठकले विधेयकको दफा १७ बाहेक सबै दफाहरु पारित गरेको समिति सभापति दीपकबहादुर सिंहले बताएका हुन् ।

उनले विधेयकमा भएको भाषिक त्रुटीटलाई अन्तिममा मिलाउने सहमति भएको बताए । उनले विधेयकको दफा १७ मा तल्लो तटीय र माथिल्लो तटीय क्षेत्रकोबारे अझै छलफल गर्नुपर्ने भएको कारण अर्को बैठकले टुंगो लगाउने जानकारी दिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले उक्त दफासहित विधेयकमाथि गहन छलफल गरेर लामो समयसम्म कानून संशोधन गर्नु नपर्ने गरी प्रतिवेदन बुझाउने बताए । उनले विद्युत क्षेत्रमा रहेको ६० लाख नागरिकको शेयर संरक्षण गर्ने गरि विधेयक आउने दाबी गरेका छन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्