काठमाडौं । साताको तेस्रो कारोबार दिन नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ । मंगलबार छापावाला सुन ज्ञ हजार ८ सय रुपैयाँले बढेको हो ।
सोमबार प्रतितोला १ लाख ७७ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ लाख ७९ हजार ७ रुपैयाँमा किनबेच भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर छ । आजका लागि चाँदीको मूल्य प्रतितोला २ हजार ३५ निर्धारण भएको छ ।
निरन्तर अमेरिकी डलरको मूल्य वृद्धि, आन्तरिक माग व्यवस्थापनलगायत कारण स्थानीय बजारमा सुनको मूल्य हरेक दिन उकालो लागिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्