Skip to content
Shikhar Insurance
National Life

एयर इन्डिया एक्सप्रेसले काठमाडौंबाट बेङ्गलुरुसम्म सिधा उडान सुरु गर्यो

Hyundai
NCELL
NIMB

काठमाडौं । टाटा समूहको एयरलाइन्स एयर इन्डिया एक्सप्रेसले आज (जेठ १८ गते) देखि काठमाडौं र बेंगलुरुबीच दैनिक प्रत्यक्ष उडान सुरु गरेको छ । यस उडानले दुई छिमेकी देशहरू बीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने कम्पनीले जनाएको छ।

एयर इन्डियाको बढ्दो सञ्जालमा काठमाडौं १७ औं अन्तर्राष्ट्रिय गन्तव्य र एयर इन्डिया एक्सप्रेसको लागि नेपालमा पहिलो स्टेशन बनेको छ ।

नयाँ सेवाले नेपालको राजधानीलाई बेंगलुरुसँग जोड्ने कम्पनीले विश्वास लिएको छ । प्रायस् भारतको सिलिकन उपत्यका भनेर चिनिने बेंगलुरु देशका केही अग्रणी विश्वविद्यालयहरू, अस्पतालहरू, बहुराष्ट्रिय कम्पनीहरू र अनुसन्धान केन्द्रहरूको घर हो ।

काठमाडौंमा सेवा सुरु भएको बारेमा टिप्पणी गर्दै, एयर इन्डिया एक्सप्रेसका प्रबन्ध निर्देशक आलोक सिंहले भने, ‘हामी हाम्रो छिमेकी देश नेपालमा हाम्रो उपस्थिति विस्तार गर्न, गहिरो सांस्कृतिक र आर्थिक सम्बन्धलाई अझ बलियो बनाउँन पाउँदा खुसी छौं। यो नयाँ मार्गले मानिसहरू, कथाहरू र परम्पराहरूलाई नजिक ल्याउनेछ, यात्रालाई अझ सुलभ र अर्थपूर्ण बनाउने हाम्रो दृष्टिकोणलाई सुर बनाउँनेछ। यसले बैंकक र फुकेट जस्ता छोटो दूरीको अन्तर्राष्ट्रिय मनोरञ्जन गन्तव्यहरूमा हाम्रो हालेको विस्तारमा पनि मद्दत गर्दछ।’

यो नयाँ उडानले काठमाडौंबाट बेंगलुरु हुँदै चेन्नई, हैदराबाद, कोच्चि, तिरुवनन्तपुरम गोवा र तिरुचिरापल्ली जस्ता अन्य भारतीय शहरहरू, साथै मध्य पूर्वका अबु धाबी र दम्ममसम्म एक स्टप पहुँच प्रदान गर्ने कम्पनीले जनाएको छ।

एयर इन्डिया एक्सप्रेसले बेंगलुरुबाट ४४८ भन्दा बढी साप्ताहिक उडानहरू सञ्चालन गर्दछ, जसले अमृतसर अयोध्या, बागडोगरा, भुवनेश्वर दिल्ली, गोवा, गुवाहाटी, ग्वालियर हिन्डन, हैदराबाद, इन्दौर, जयपुर जम्मू कन्नूर, कोच्चि, कोलकता, कोझिकोड, लखनऊ, मङ्गलुरु, उत्तरी गोवा, पटना, पुणे, राँची, श्रीनगर श्री विजयापुरम ९पोर्ट ब्लेयर०, सुरत तिरुचिरापल्ली तिरुअनन्तपुरम्, वाराणसी विजयवाडा र विशाखापट्टनम र अन्तर्राष्ट्रिय रूपमा अबुधाबी, दम्मम र काठमाडौँ सहित ३१ गन्तव्यहरूमा सिधै जोड्दछ।

थप रूपमा, एयरलाइनले छ वटा घरेलु गन्तव्यहरू: अगरतला, चेन्नई डिब्रुगढ, दिमापुर, इम्फाल र बम्बई र १४ अन्तर्राष्ट्रिय गन्तव्यहरूस् अल ऐन, बहराइन, बैंकक, दोहा, दुबई, जेद्दा, कुवेत, मस्कट, फुकेट, रस अल खैमाह, रियाद, सलालाह, शारजाह र सिंगापुरमा एक स्टप कनेक्टिभिटी प्रदान गर्ने कम्पनीले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्