Skip to content
Shikhar Insurance
National Life

अब श्वासप्रश्वाससम्बन्धी बिरामीलाई इन्हेलर प्रयोग गर्न एआईले सम्झाउने

Hyundai
NCELL
NIMB

काठमाडौं । ग्लोबल औषधि कम्पनी सिप्लाले नेपाल रेस्पिरेटरी सोसाइटीसँग सहकार्य गर्दै नेपालमा श्वासप्रश्वाससम्बन्धी बिरामीहरूको उपचार नियमित गराउन ‘ब्रीथफ्री ९०’ कार्यक्रम सुरु गरेको छ ।

एआई प्रविधिमा आधारित यो कार्यक्रम ९० दिनसम्म चल्नेछ र ह्वाट्सएपमार्फत बिरामीहरूलाई इनहेलर समयमै प्रयोग गर्न नियमित रूपमा सम्झाउनेछ । देशभर वायु प्रदूषण गम्भीर स्वास्थ्य चुनौती बनेका बेला नेपालका लागि यो पहल निकै सान्दर्भिक मानिएको छ ।

नेपालमा प्रदूषणका कारण प्रत्येक वर्ष झन्डै ५० हजार जनाको मृत्यु हुने गरेको तथ्यांक छ। दम र दीर्घ श्वासप्रश्वाससम्बन्धी रोगका बिरामीहरू बढ्दै गइरहेको पाइएको छ । यस्ता रोगका लागि इनहेलरहरू प्रभावकारी उपचार मानिए पनि, धेरैजसो बिरामीहरूले नियमित रूपमा औषधि प्रयोग नगर्दा समस्या झन् जटिल हुने गरेको छ।

‘ब्रीथफ्री ९०’ कार्यक्रमले यस्ता समस्यालाई हल गर्ने अपेक्षा गरिएको छ । ‘ब्रीथफ्री ९०’ मा सहभागी बिरामीहरूले आफ्नो उपचार तालिकाअनुसार हरेक दिन सजिलो भाषामा तयार पारिएका सन्देशहरू प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

एआईले इनहेलर प्रयोगको सही तरिका र रोग व्यवस्थापनसम्बन्धी जानकारी पनि दिनेछ जसले विरामीको स्वास्थ्य सुधारमा सहयोग पुर्‍याउनेछ। कार्यक्रममा सहभागी हुन क्लिनिक, अस्पताल वा फार्मेसीहरूमा उपलब्ध क्युआर कोड स्क्यान गर्न सकिनेछ ।

सिप्लाका इमर्जिङ मार्केट र युरोपका प्रमुख स्वप्न मलपानीले प्रविधिको माध्यमबाट बिरामीहरूको जीवनस्तर सुधार गर्ने कम्पनीको प्रतिबद्धता दोहोर्याए । उनले भने, ‘हामी श्वासप्रश्वाससम्बन्धी दीर्घ रोगसँग बाँचिरहेका मानिसहरूको जीवन सहज बनाउने दिशामा काम गरिरहेका छौं, र ब्रीथफ्री ९० यसैको एउटा महत्त्वपुर्ण पाइला हो।’

नेपाल रेस्पिरेटरी सोसाइटीले यो कार्यक्रम स्वास्थ्यकर्मीहरू माझ प्रवर्द्धन गर्दै अस्पताल र क्लिनिकहरूमा यसको कार्यान्वयन सुनिश्चित गर्न मद्दत गर्नेछ । सिप्ला र सोसाइटीबीचको यो सहकार्यले हजारौं नेपालीको श्वासप्रश्वास स्वास्थ्य सुधारमा सकारात्मक योगदान दिने कम्पनीले विश्वास लिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्