काठमाडौं । अग्नि सिमेन्ट इन्डष्ट्रिज लिमिटेडले एक वर्षमा ४० करोड रुपैयाँ बढीको व्यापार गरेको छ । कम्पनीले सन् २०२४ मा ४० करोड २० लाख रुपैयाँको व्यापार गरेको हो । जुन पछिल्लो तीन वर्ष यताकै सबैभन्दा कम हो ।
रेटिङ एजेन्सी केयर रेटिङ नेपाल लिमिटेडले सार्वजनिक गरेको विवरण अनुसार अघिल्लो वर्ष सन् २०२३ को तुलनामा सन् २०२४ मा कम्पनीको व्यापार ४०.४४ प्रतिशतले घटेको हो ।
त्यस्तै, कम्पनीले सन् २०२३ मा ६७ करोड ५० लाख रुपैयाँ र सन् २०२२ मा १ अर्ब २१ करोड ६० लाख रुपैयाँको कारोबार गरेको थियो ।
कम्पनीले ९१ करोड ६८ लाख रुपैयाँ बैंक कर्जाका लागि रेटिङ गराएको छ । जसमध्ये लङ ट्रम ५२ करोड ६८ लाख रुपैयाँ कर्जाका लागि ‘केयर एनपी बी माइनस’ र सर्ट ट्रम ३९ करोड कर्जाका लागि ‘केयर एनपी ए४’ रेटिङ पुन: पुष्टि गरेको छ ।
कम्पनी सन् २००७ मा स्थापना भएको थियो । कम्पनी पोर्टल्याण्ड पोजोलाना सिमेन्ट र साधारण पोर्टल्याण्ड सिमेन्ट जस्ता सिमेन्ट उत्पादनमा संलग्न छ, जसको स्थापित क्षमता प्रति दिन ९०० मेट्रिक टन रहेको छ ।
प्रतिक्रिया दिनुहोस्