Skip to content
Shikhar Insurance
National Life

वृद्ध भत्ता पाउने उमेर २ बर्ष घटाइँदै, अब ६८ बर्षमै भत्ता पाइने

Hyundai
NCELL
NIMB

काठमाडौं । सरकारले आगामी आर्थिक बर्षबाट लागु हुने गरि वृद्ध भत्ता पाउने उमेर घटाउने तयारी गरेको छ । महिला बालबालिका तथा समाजकल्याण मन्त्री नवल किशोर साह सुडीले आगामी आर्थिक बर्षदेखि लागु हुने गरि वृद्ध भत्ता पाउने उमेर २ बर्ष घटाएर ६८ बर्ष बनाउन लागिएको जानकारी दिएका हुन् ।

प्रतिनिधी सभामा सोधिएको मौखिक प्रश्नको उत्तर दिँदै मन्त्री साहले आगामी आर्थिक बर्षदेखि वृद्ध भत्ता पाउने उमेर ६८ बर्ष बनाउन लागिएको जानकारी दिएका हुन् । हाल ७० बर्ष नाघेका नागरिकलाई वृद्धभत्ता दिँदै आएको छ । त्यस्तो वृद्ध भत्ता मासिक ४ हजार रुपैयाँ रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE