Shikhar Insurance
National Life

‘बैंकर भैसकेपछि प्रेसरलाई सामान्य रुपमा लिनुपर्छ’-किरण श्रेष्ठसँगको अन्तर्वार्ता

सिंहदरबार संवाददाता
२०८१ फाल्गुन ४, आईतवार ०८:५६
Hyundai
NCELL
NIMB

पुर्व बैंकर किरण कुमार श्रेष्ठ राष्ट्रिय वाणिज्य बैंकमा २ पटक प्रमुख कार्यकारी अधिकृत (सिइओ) बनेर अहिले उद्यमशितलमा लागेका छन् । हाइड्रो र कृषि पेशामा लगानी बढाइरहेका श्रेष्ठलाई सिंहदबारका प्रधानसम्पादक नारायणप्रसाद पौडेलले सोधे: तपाई नेपाल बैंकमा करियर स्टार्ट गरेर एक चरणको करियर समाप्त गरी राष्ट्रिय वाणिज्य बैंकको दुई कार्यकाल ८ वर्ष व्यवस्थापकीय प्रमुख नेतृत्व सीईओका रुपमा निर्वाह गर्नु भयो । ऋण दिने ठाउँमा हुनुहुन्थ्यो । आजकल सुनिदै छ, किरण श्रेष्ठ ऋण माग्ने ठाउँमा छ । हाइड्रोपावरको प्रोजेक्ट बनाउँछु । भनेर हिडिरहनु भएको छ । कृषिमा केही गर्छु भनिरहनु भएको छ । ऋण दिने ठाउँमा हुँदा र लिने ठाउँमा हुँदा के फरक रहेछ ?

मैले नेपाल बैंक लिमिटेडमा पनि २८ वर्ष काम गरेर त्यसपछि त्यहाँको महाप्रबन्धक भइसकेपछि म रिटायर भए । त्यसको लगतै फेरी म राष्ट्रिय वाणिज्य बैंकमा मैले प्रमुख कार्यकारी अधिकृतको हिसाबले २ कार्यकाल काम गर्ने मौका पनि पाए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

स्वाभाविक रुपले बैंकको कामहरु, आर्थिक विकासको कामहरु त हामी गरिरहेकै हुन्छौँ । तर पनि त्यसलाई चलायमान बनाउनको निमित्त बैंकहरु अलि भाइब्रेन्ट हुनुपर्छ भन्ने खालको मान्यता स्वाभाविक रुपले हुन्छ । त्यसैले त्यहाँ बस्दाखेरी राष्ट्रको प्राथमिकतामा भएका विषय वस्तुहरु जुन हामी कृषि, पर्यटन, हाइड्रो लगायतका क्षेत्रहरुमा साना तथा मझौला उद्योगमा लगानी प्रवाह गर्न दिने र त्यो खालको स्थितिमा थियौ र त्यो भूमिकाहरु बैंकिङ क्षेत्रमा बस्दा लामो समयमा झण्डै ३६ वर्ष त्यो ठाउँमा व्यतित गरिसकेपछि अहिले म रिटायर भएको १० महिना पुगेको छ ।

अब १ वर्ष पुग्न लागेको स्थिति छ । र यो बीचमा पनि म आफैँ क्रियाशिल रुपले काम गरिरहेको मान्छे । अझै पनि केही गर्नुपर्छ आफ्नो ठाउँबाट भन्ने मलाई लाग्छ र लागेको पनि थियो । त्यसो भएको हुनाले मेरो रुचीको क्षेत्र बैंकमै बस्दा पनि मेरो प्राथमिकताको क्षेत्रहरु मैले हेरिरहँदा खेरी यो जलविद्युत ऊर्जाको क्षेत्रहरु कृषिको क्षेत्रहरु पनि मलाई मनपर्ने र त्यो खालको मेरो प्राथमिकतामा थियो ।

त्यसैले आफूलाई त्यो रुची लागेको विषय पनि, देशको प्राथमिकताको विषय पनि र हर हिसाबले विकासको समग्र ड्राइभ गर्ने एउटा इन्जिन कै रुपमा बस्ने ती खालका क्षेत्रहरुमा आफैँ बसेर काम गर्दा कस्तो हुन्छ भन्ने मलाई हेर्ने इच्छा पनि थियो ।

अब त्यो इच्छालाई काममा लानको निमित्त त पक्कै पनि हामीले त बैंककै सहयोग लिनुपर्ने हुन्छ । त्यसैले म हिजो एउटा लोन दिने ठाउँमा थिए भने अहिले म लोन लिने ठाउँमा छु । यो दुई वटा रोल डिफ्रेन्ट छ तर पनि उद्देश्य दुबैको समान छ । भन्ने मलाई लाग्छ ।

हिजो लोन दिने ठाउँमा बस्दा लोन लिन माग्न आउनेहरुलाई तपाईहरु जसरी हेर्नु हुन्थ्यो । आज तपाई माग्ने ठाउँमा हुँदा दिनेहरुले कसरी हेर्दा रहेछन् ? केही डिफ्रेन्ट पाउनु भयो ?

डिफ्रेन्ट त पक्कै पनि छ । नयाँ त अब एक्पिरियन्स लिन धेरै बाँकी छ । यति छिट्टै मैले त्यसमा त पुग्नु हुदैँन । तर २,३ वटा मैले जुन बेसिकल्ली मैले देखेको कुराहरु चाहिँ के थियो ? भने हामीसँग बैंकमा भइरहँदा चाहिँ धेरै मान्छेहरु आउने भएकाले पनि धेरै च्वाइस हुने रहेछ ।

त्यसले गर्दा हामीले कतिपय अवस्थामा यो गर्न सकिदैन । यो मिल्दैन भन्ने विभिन्न कुराहरु भन्नलाई जति सजिलो थियो । तर वास्तवमा हामी यता साइडबाट जाँदा खेरी जुन खालको मिहिनेत गरेको हुन्छ । जुन ढंगले एउटा प्लान गरेको हुन्छ । जुन ढंगले उस्को सामर्थलाई प्रयोग गरिरहेको हुन्छ ।

त्यो सिच्युएसनमा वास्तवमा बैंकमा पुग्नु भएको चाहिँ धेरै कठिन बाटो गुजारेर आइरहेको हुँदो रहेछ । पहिला मलाई यति धेरै प्रोसेसहरु आफैँ आन्तरिक क्रियाकलापहरुमा, आन्तरिक होमवर्कहरुमा उनीहरुले गरिरहेको हुन्थ्यो । त्यो लेभलमा मलाई त्यस्तो अनुभुति वास्तवमा अलि फरक हुँदो रहेछ । तर अहिले हेर्दा यो चाहिँ निकै नै रिक्स, रिटर्न, सक्सेसका कुराहरु छन् ।

यी सबै कुराहरुलाई लिनु पर्ने । रिक्स पनि कस्तो हुन्छ ? भने एकदमै इन्डिभिज्युअल व्यक्ति आफैँले लिनु पर्ने । हिजो त्यहाँ हामी संस्थागत रुपमा लिनथ्यौँ भने आज यहाँ व्यक्ति आफैँले लिनु पर्ने रहेछ ।

भनेको नेपालका बैंकहरुबाट ऋण दिनका लागि कठिन रहेछ । सजिलो जस्तो सोचिन्थ्यो । त्यस्तो होइन रहेछ ?

त्यस्तो पनि नभनौँ । तर ऋण लिने प्रकृयामा अगाडि जानु पर्ने हुन्छ । त्यो प्रकृया पार गर्नको निमित्त चाहिँ उद्यमीहरु व्यवसायीहरु उहाँहरुले पनि ठूलै खालको एक्सरसाइज गरेर, ठूलै खालको के छ ? भनेर तयार गरेर ठूलै मिहिनेतका साथ आएको हुँदो रहेछ । भन्ने कुरा अझ बढी अनुभूति भइरहेको छ ।

हामीले कुरा गरेका सबै बैंकरहरु राष्ट्र बैंकका सिनियर लिडरदेखि तपाईहरुसम्म उहाँहरुको एउटै टोन छ । हामी ट्रेडिस्नल बैंकिङ गर्छौ । त्यो भनेको कोलाटरल बेस लेन्डिङ । सपनाहरु बैंकहरुले पत्याउँदैनन् । स्किलहरुलाई बैंकहरुले पत्याउँदैनन् । धितो माग्छन् । ऋण तब मात्रै दिन्छन् । त्यसकारण धितो त धितो भइहाल्यो । सपना राम्रो होस् नहोस् त्यसकारण बैंकहरु चाहिँ अलि बढी ट्रेडिस्नल भए । तिनले स्किलफुल मेनपावरहरु तयार गरेनन् । इन्टरप्रेनरहरु जन्माएनन् । भन्ने आरोप छ । त्यता बस्दा चाहिँ के देखिदो रहेछ ?

यसमा पनि हामीले यसलाई अलिकति फरक ढंगले विश्लेषण गर्नु पर्ने नै हुन्छ । अब स्वाभाविक रुपले हाम्रो लेन्डिङ चाहिँ कोलाटरल बेस छ । तर यसको मतलव यो चाहिँ होइन कि हामी प्रोजेक्ट बेसमा जादैँ जादैँनौँ ।

प्रोजेक्ट बेस छदैँ छैन भन्ने हैन । त्यसमा कस्तो हुँदो रहेछ ? भने हामी त्यहाँ बसेर पनि हेथ्र्यौं । यो प्रश्न बारम्बार आइरहेको हुन्थ्यो । तपाईहरुलाई खाली धितो मात्रै चाहिने ? धितो नभइकन तपाईहरु नगर्ने ? भन्ने खालको कुरा आउँदा हाम्रो उदाहरण चाहिँ के हुन्थ्यो ? भने प्रोजेक्टहरु नेपालमा सबैभन्दा उदाहरणको लागि हाइड्रोपावर ।

हाइड्रोपावर जुन चाहिँ वन जंगल भएको ठाउँमा, खोलाको बगरहरु जहाँ चाहिँ एक्सेसको रुपमा भ्यालुएसन हुँदैन र सबै प्रोजेक्टबाट ल्यान्डिङ गर्न बाहेक त्यहाँ केही पनि हुँदैन । तर पनि हामी त्यसमा ल्यान्डिङ गरिरहेको हो र हाइड्रोपावरको अहिले जुन खालको ल्यान्डिङ छ ।

त्यसलाई हेर्ने हो भने परियोजनामा बैंकहरुले गरेको ठूलो उदाहरणको रुपमा मैले देख्छु । तर किन त्यो सम्भव भयो भने हामीले बैंकको साइडबाट हेर्दा बैंकको पैसा भनेको के छ ? भने त्यो त कर्मचारी, सीईओ, बोर्ड कसैको पनि हैन । त्यो त आम जनता डिपोजिटरकै पैसा हो ।

त्यसलाई सुरक्षित गर्नु पर्ने हुनाले त्यसको चाहिँ रिटर्नको कुराहरु चाहिँ के हो त ? भन्ने कुरा हुन्छ । जस्तो हाइड्रोमा के हुन्छ ? भने विद्युत प्राधिकरणसँग पीपीए गरेको हुन्छ । यदि हामीले कन्स्ट्रक्सन रिक्सलाई मिडिकेट गर्न सक्यौँ र त्यसलाई राम्रो एनालाइसिस गर्न सक्यौँ, राम्रो अध्ययन भयो भने हामी सिधैँ जान सकिदो रहेछ ।

भनेपछि एउटा कुरा चाहिँ के देखिएको छ ? भने यदि रिटर्नलाई सुनिश्चित गर्ने खालको मेकानिजमहरु भयो भने नेपालको विजनेस त्यसतर्फ जान सक्छ भन्ने खालको कुराहरु हुन् । मुलत: पुरानो बेस लिने हो भन्ने कुरामा कुनै त्यस्तो रहेन । तर अहिले विस्तारै-विस्तारै ठूला-ठूला परियोजनाहरु आइरहेका छन् ।

त्यो होटल, रिसोर्टहरु टाइपको प्रोजेक्टहरु यी आदि हेर्दा खेरी र अब आउने आइटीसँग सम्बन्धित विभिन्न खाले कुराहरु, विभिन्न खालका सेवा मुलक कुराहरु छ । त्यो विस्तारै-विस्तारैं त्यतातिर तर्फको दिशामा अगाडि बढिरहेको छ र त्यो चाहिँ एउटा मोर्डनाइज हुने प्रकृयामा सकारात्मक दिशामै अगाडि बढे जस्तो मलाई लाग्छ ।

आजको दिनमा तपाई जुन हाइड्रोको कन्सेप्टमा काम गरिरहनु भएको छ । एग्रिकल्चरको कन्सेप्टमा काम गरिरहनु भएको छ । त्यो के हो ? र त्योसँग बैंकको रिलेसन चाहिँ कस्तो हुन्छ ? कसरी अगाडि बढ्छ ?

मेरो रुचि र प्राथमिकताको विषय यो देशकै पनि हो यो हाइड्रो र कृषिको कुराहरु छन् र त्यसमा अगाडि जानुपर्छ भन्ने खालको कुरा लागिरहेको र त्यसमा हामीले टिमहरु निर्माण गरेर दुई वटा कुराहरु गरिरहेका छौँ । एउटा चाहिँ रिन्यु इनर्जी भन्ने हामीसँग एउटा कम्पनी छ ।

त्यो रिन्यु इनर्जीले चाहिँ बेसिकल्ली हामी सोलार र हाइड्रोको काम गर्छौ । सोलारको त हामीले स्टार्ट नै गरिसकेका छौँ । एक दुई वटा परियोजना । बजारमा पनि आइसकेको छ । र अर्को हाइड्रोमा पनि हाम्रो काम अन्तिम चरणमा छ । त्यो फाइनल हुने चरणमा छ ।

मलाई लाग्छ, चाडैँ हाम्रो त्यो फाइनल हुन्छ । अलि राम्रै किसिमले हामी जानुपर्छ भन्ने छ । अब हामीसँग भएको एउटा प्राकृतिक रिसोर्सेस र पोलिटिकल रिसोर्सेस हामीलाई लामो समयसम्म आवश्यक हुने कुराहरु हो । र भोलि एक्सपोर्ट गरेर विदेशी मुद्रा आर्जन गर्न सक्ने खालका स्कोपहरु भएको क्षेत्र पनि हो ।

इन्भारमेन्ट दृष्टिकोणले र कार्बन उत्सर्जन गर्ने खालको दृष्टिकोणहरुले एकदम पोजेटिभ म्यासेज दिने र यी सबै कुराले हाइड्रोको सेक्टर पोटेन्सियल हो हाम्रो कन्ट्री कै लागि । त्यसैले जुन खालको यस्को डिमान्डहरु छ र जुन खालको हाम्रो भविष्यको सम्भावनाहरु बोलिरहेका छन् त्यस्ले गर्दा यो प्रचुर मात्रामा छ ।

जसले गर्दा त्यसको र मेट्रियल्सहरु प्राकृतिक रुपले हामीसँग भएको सबैभन्दा ठूलो बरदान नै भन्ने खालको स्थितिहरु हुन्छन् । कन्ट्री वाइज बेग्लै होला । अरु कन्ट्रीको रिसोर्सहरु एउटा होला । तर हामीलाई के छ ? भने हाइड्रोको त्यो खालको बरदान भनौँ या प्रकृतिले दिएको चिजलाई उपयोग गर्नुपर्छ । त्यो अहिले हाम्रो लागि मात्रै हैन ।

सबैको लागि आवश्यकताको विषय हो । त्यसैले त्यो हामीले राम्रोसँग जानु पर्छ । भन्ने सोच भएर हामी काम गरिरहेको स्थिति छ । तर पनि अहिले हामी फाइनल नभइसकेको स्थितिले गर्दा तपाईलाई यो परियोजना यो भन्न अलिकति टाइम लाग्छ । कृषिमा के छ ? भने म आफैँ पनि लामो समय काम गरे बैंकिङमा ।

कृषिमा हेर्दाखेरी दुई वटा समस्याहरु देखिन्छ । एउटा उत्पादन कै कुराहरु छन् र उत्पादनमा पनि उत्पादकत्व वृद्धि । प्रोडक्टिभिटी वृद्धि कसरी गर्ने ? भन्ने खालको सवाल एउटा छँदै छ । तर उत्पादन भइसकेको वस्तु फेरी बजारमा लाने कुरा र उत्पादन गर्ने उत्पादनकर्ता उस्ले उचित मूल्य पाउने कुरा र कन्जुमरले पनि जुन खालको उपभोग गर्छ ।

त्यो गुणस्तरीय कुराहरु एउटा सर्वशुलभ, रिजनेबल मूल्यमा पाउने कुराहरु यसको बीचमा ठूलो ग्याप छ । त्यसमा विशेष गरेर हाम्रो लोकल प्रोडक्टहरुले त्यो बजारहरु नपाइरहेको र कन्जुमरसम्म पुग्दाको विभिन्न च्यालेन्जहरु तहहरु छन् । त्यस्ले गर्दा यता उपभोगक्ता पनि मारमा पर्यो । उत्पादकहरु पनि मार परेका छन् ।

नेपालमा अलिकति कोल्ड स्टोरको कुराहरुमा सोच्यौँ । फेरी कोल्ड स्टोर नेपालमा नभएको हैन । तर अधिकांश कोल्ड स्टोरहरु राम्रोसँग सञ्चालन नभएर राम्रो अवस्थामा छैन । मैले पनि लगानी गरेको कोल्ड स्टोरहरु छ । त्यस्को अलिकति अध्ययन गर्दा खेरी के देखियो ? भने हाम्रो अहिले जुन नयाँ टेक्नोलोजिहरु आइरहेको छ कोल्ड स्टोरेजको सम्बन्धमा ।

त्यो नयाँ टेक्नोलोजीहरु चाहिँ प्रयोग गरेको पाइएन । जस्तो ह्युमिटी फाइट, मल्टिपल चेम्बर भन्ने जुन खालको छ, जस्लाई हामीले मल्टिपल तरिकाले एउटै कोल्ड स्टोरभित्र धेरै प्रकार सामानहरु राख्न सकिने कुरा हो । कुनै एकदमै नरम चाडैँ गल्ने बस्तुहरुलाई पनि हामीले राख्न सकिने भयो र अलि कडा लामो समयसम्म राख्न सकिने बस्तु पनि राख्न सकिने भयो ।

मानिलिउ फलफुलदेखि अन्नका कुरा गर्दा पनि त्यसमा त्यसको नेचरहरु बेग्ला-बेग्लै हुन्छ । त्यसको टेम्प्रेचर पनि बेग्ला-बेग्लै चाहिन्छ हो त्यो सबैलाई राख्न सकिने भयो । अहिले एउटा टेक्नोलोजी आइरहेको छ । चाइनिज टेक्नोलोजी पपुलर पनि छ । अरु देशमा पनि छ । हामीलाई सजिलो हुने खालको ।

त्यो टेक्नोलोजिहरुको हामीले अध्ययन गरिसकेपछि, एक्सपोर्टहरुको राय लिइसकेपछि, त्यहाँको भिजिट गरिसकेपछि हामीले एउटा के निष्कर्षमा पुग्यौँ? भने यो खालको कोल्ड स्टोरेजहरु हामीले राख्न सक्यौ भने हामीले रैथाने बालीदेखि स्थानीय उत्पादनहरुलाई संकलन गरी त्यस्लाई देशव्यापी लान पनि सकिने र उत्पादनको समयदेखि नै हमीले सहकार्य गरेर प्रमोटदेखि लगानीका कुराहरु र किन्ने कुराहरुको सुनिश्चितता गरिदिने र नयाँ खालको प्याट्रन बनाउने र भण्डारण गरिसकेपछि डिष्ट्रिव्युसन गरेर देशव्यापी पुर्याउने भन्ने छ ।

कहाँ हो लोकेसन ? कुन स्ट्रक्चरमा बनाउँदै हुनुहुन्छ ?

हाम्रो लोकेसन भनेको चितवनको रत्न नगरमा हो । त्यहाँ हामीले अलिकति जमिन किनेर सुरु गरिसकेका छौँ । अहिले सिभिल स्ट्रक्चरको कामहरु गरिहेका छौँ । मेसिनको लागि पनि कामहरु अगाडि बढिरहेको छ । त्यस्लाई हामीले राखेको समय १ वर्षको हो । एक वर्षमा ३ महिना त गइसकेको छ । अब ९ महिना बाँकी छ । हामी १ वर्ष भित्रमा त्यसलाई अगाडि ल्याउछौँ भन्ने हिसाबले काम गरिरहेका छौँ ।

कत्रो स्ट्रक्चरमा हुन्छ ? कति क्षमता राख्छ ? कति लगानी गर्नु पर्छ ?

त्यो जमिनको हिसाबले चाहिँ ४ बिघा यस्को क्षेत्रफल छ । त्यो १० हजार मेट्रिक टनको लक्ष्य छ । मलाई लाग्छ त्यो १० हजार मेट्रिक टन भोलुमको हिसाबले ठूलो नै हुन्छ जस्तो मलाई लाग्छ । त्यसको लागत पनि ७५ करोडदेखि ८० करोडको लागतमा छ ।

नेपालको कर्पोरेट सेक्टर एग्रीकल्चरको म्यानुफ्याक्चरिङमा उत्पादनमा चाहिँ लागेन । प्रासेसिङ तिर गयो । कोल्ड स्टोरेजतिर गयो भन्ने छ । यो उनीहरु उत्पादनको क्षेत्रमा लाग्नु पथ्र्यो, पर्थेन । वा त्यहाँ अपरचुनिनीटी नदेखेर वा हामीले जो कर्ममा छ त्यो प्रोटेक्सनका लागि हो । यो कहाँ बसेर हेर्ने हो ?

हामीले तराईतिर हेर्यौ पनि । कृषिको काम गर्ने भनिसकेपछि विभिन्न ठाउँमा हेर्दा खेरी । यो एउटा कस्तो ठूलो अपरचुनिटी रहेछ भने धेरै जग्गा अहिले लङ ट्रम लिजमा पनि पाइने । लिज रेन्टलमा पनि के छ ? भने रिजनेबल रेटहरु अहिले छ ।

अर्को के कुरा पोटेन्सियल देखिन्छ ? भने यस्को कारण विविध छ तर मुल कारण के छ ? भने खेति गर्ने मान्छेहरुको अभाव भएको कारणले गर्दाखेरी वैदेशिक रोजगारीमा जाने कारणले गर्दा आफैँले खेति नगरेर ति जमिनहरु लिजमा दिने, रेन्टलमा दिने र आफ्ने ५० प्रतिशत राखेर जाने कुरा छ ।

त्यो एउटा बढी सम्भावना छ । अहिले हामी जानु पर्ने बाटो त्यो हो भन्ने मलाई लाग्छ । उत्पादनसँग पनि हामी जोडिनको लागि यो कुरा पनि हामीले अध्ययन गरिरहेका छौँ कि उत्पादनसँग जोडिन कुन-कुन उत्पादनसँग कसरी जोडिने ? भनेर क्यापिटल कस्ट जमिन नै किनेर त सम्भव हुँदैन । धेरै ठाउँमा ठूला-ठूला कृषिहरु बिक्री पनि भएको छ ।

धेरै उद्यमीहरु कृषिमा पनि गइरहेको स्थिति छ । एक वर्षको अनुभवमा धेरै कुरा भन्दा धेरै हतारो पनि होला तर पनि अब सानो खालको कृषिको चाहिँ के छ ? भने जुन त्यसको उत्पादकत्व र उत्पादनको कुराहरु छन् । बजारमा पुर्याएर महँगो खालको जुन लागत धेरै नहुने भएकाले त्यति धेरै माग र आकर्षण भइरहेको छैन ।

तर ठूलो साइजको हुने हो भने त्यसले लागत घटाएर मेकानाइजेसन गर्ने खालका कुराहरु लागू गर्न सकिन्छ । त्यो कुराहरु धेरै प्रयोग पनि गरिरहेको रहेछ । त्यसैले त्यो सम्भावना बढेर गएको देखेर मलाई लाग्छ ३,४,५ वर्षभित्रमा यो क्षेत्रमा ठूलो रुपान्तरण हुन्छ ।

हामीले पनि कृषिमा जाने भन्दा खेरी भण्डारणसँग मात्रै हैन उत्पादनसँग जोडेर उत्पादन नै भएन भने के भण्डारण गर्ने भन्ने कुरा पनि आउँलान् । अर्को एउटा समस्या के छ ? भने जापानबाट एउटा कृषि विज्ञ आउनु भएको थियो । उहाँ नेपालमा कम्पोष्ट मलको बारेमा नगरपालिकाहरुसँग सहकार्य गर्ने कुरा गर्न आउनु भएको रहेछ ।

हामीले उहाँसँग भेटघाट गर्ने मौका पायौँ । उहाँले के भन्नु भयो ? भने तपाईहरु कृषि गरिरहनु भएको छ । हामी पनि कृषि गरिरहेका छौँ । तर तपाई र हाम्रो बीचमा फरक चाहिँ के छ ? भने तपाई जति श्रम लगाउनु हुन्छ । जति समय लगाउनु हुन्छ । जति उत्पादकत्व छ । हाम्रोमा धेरै फरक छ । हाम्रो हामी एउटा मकैको बोटमा ७,८ वटा घोकासम्म फलाउँछौँ ।

त्यो पनि ३,४,५ रोटेसन गराउँछौँ । तपाईहरुको एक गर्नु हुन्छ । २,३ गर्नु हुन्छ । भनेर भन्नु भयो । के-के हो त ? त्यसको कारण भन्दा उहाँले भन्नु भयो कि त्यो मान्छे जस्तै कुरा हो । जसरी मान्छे स्वच्छ हुनको लागि खानपानको व्यवस्था राम्रो हुनु पर्यो । स्वथ्य परिक्षणहरु हुनु पर्यो । रोग लाग्यो भने त्यस्लाई बेलैमा ट्रिट्मेन्ट गर्नु पर्यो ।

हामीलाई गर्नु पर्ने कुरा जस्तै उस्लाई पनि त्यहि चाहियो । तपाईले दिने मल नै ठिक मात्राको राम्रो परेन भने कम्पोजिसनहरु मिल्नु पर्यो । हामीले गर्ने उपचार जस्तै उसले पनि उपचारको माग गर्छ । पानीका कुराहरु होलान् । घामका कुराहरु होलान् । यी सबै प्राकृतिक कुराहरु हामीले मिलाउन सक्यौ भने तपाईहरुको पनि जमिन त राम्रो छ भनेर हामीलाई मोटिभेट गर्नु भएको थियो ।

सुधार्न केके गर्नु पर्यो ? भन्नु हुन्छ उहाँहरुले ?

सबैभन्दा पहिला मल, माटोको क्वालिटी बढाउने कुरा नै सबैभन्दा प्रमुख कुरा हो । त्यसैले कृषिको उत्पादकत्व गर्ने कुरा पनि हाम्रो एकदमै फोकसको विषय हो ।

तर हामी त रासायनिक मलको परिकल्पना गरिरहेका छौँ फेरी ?

हामी लङ ट्रममा त्यसको इफेक्ट हेर्नु भन्दा सर्ट ट्रम छिटो, छरितो तुरुन्तै गर्ने खालको हेरिरहेका छौँ जस्तो देखिन्छ ।

हाम्रो प्राथमिकता हामीले जानु पर्ने चाहिँ बल्कमा उत्पादन गरेर आफूलाई चाहिने वस्तु यहि उत्पादन गर्ने भन्नेतिर लाग्ने हो कि क्वालिटिको अर्गानिक प्रोडक्टहरु बनाएर त्यसलाई एक्पोर्ट पनि गर्ने छान्ने चाहिँ कसरी ?

त्यसमा दुई वटै कुरा हो । बल्कमा त हुनै पर्यो । बल्कमा नगइकन हाम्रो कस्ट इफेक्टिभ हुँदैन । क्वालिटी भएन भने त्यो बल्कले मात्रै मूल्य भेटिदैन । मूल्य पनि चाहियो । कम्पिटिसन सबै तिर छ । बल्क नभइकन कस्ट इफेक्टिभ हुँदैन र क्वालिटि नभइकन प्राइज भेटिदैन । भनेपछि दुबै कुराको कम्बिनेसन मिलाएर जाने नै हो ।

हामी जापान, अमेरिकामा २, ३ प्रतिशत किसान चाहिँ कृषि कर्ममा आवद्ध छन् भन्ने सुन्छौँ । हामी ६०, ६५ प्रतिशत त्यसैमा छौँ भनिरहेका छौँ । हामी खान पुग्ने पनि उत्पादन गर्दैनौँ । उनीहरु संसारभर एक्पोर्ट गर्छन् । यसमा जमिनको स्वामित्व कहाँतिर जोडिन्छ कि जोडिदैन ?

यो अलिकति फिलोसोफिकल कुरा पनि हो । दार्शनिक कुरा पनि हो । किनभने जमिन चाँहि राज्यको हुनुपर्छ कि व्यक्तिको हुनुपर्छ कि ? कति हुनु पर्छ भन्ने कुरा त धेरै नीतिगत सैधान्तिक कुराहरु पनि छन् । तर पनि जमिनको कुराहरु नभइकन अपनत्व हुँदैन भन्ने खालको कुराहरु हो ।

तपाईलाई अब कोर बैंकिङ जो तपाई विगत ३५, ३६ वर्ष अभ्यास गर्नु भयो । त्यहाँ तिर डोर्याउँन चाह्यौँ । नेपाल कम्प्लिट्ली ट्रेडिस्नल बैंकिङदेखि पछिल्लो समयसम्म तपाईले आफैँ नेतृत्वमा बसेर काम गर्नु भयो । कस्ता थिए ती सुरुआती दिनहरु ? जतिबेला तपाई नेपाल बैंकमा जागिर खादैँ हुनुहुन्थ्यो ?

म २०४३ सालमा बैंकमा प्रवेश गरेको थिए । वास्तवमा त्यतिबेला ढड्डा प्रणाली थियो । एकदम ठूलो-ठूलो प्रणालीहरु जुन हातले गर्नुपर्ने कुराहरु थियो । चेक इन्ट्रिदेखि पेमेन्ट, ब्याज गणना सबै म्यानुअल गर्नु पर्ने हुन्थ्यो । तर एउटा सास्ती के हुन्थ्यो भने करिब-करिब सानै शाखा नै भए पनि १५ देखि २० जना मान्छेहरु काम गर्नु पर्ने हुन्थ्यो ।

सिस्टमहरु राम्रो ढंगले डेभलप भएको थिएन । मेसिनको कुरा गर्दा एउटा क्यालकुलेटर बाहेक केही पनि थिएन । त्यो क्याल्कुलेटर पनि आधुनिक खालको थिएन । एडिङ मेसिन भन्थ्यो । त्यो मात्रै हुन्थ्यो । चिठीपत्रहरु अन्तर्राष्ट्रिय पनि गर्नु पर्ने हुन्थ्यो । त्यसको लागि चाहिँ एउटा छुट्टै टाइपिष्ट रादिन्थ्यो ।

नेपाल र अँग्रेजी दुई वटा टाइप हुन्थ्यो । त्यो गरेर पठाउने कुरा थियो । त्योबाट विकास भएर अहिले हामी डिजिटलमा आइसकेका छौँ । मलाई लाग्छ । बैंकिङ क्षेत्रमा यति ठूलो परिवर्तन यति ठूलो क्रान्ति नै भएको छ । ठूलो फड्को मारेको छ ।

तपाईहरु त नेपाल बैंक कोमामा पुगिसक्यो भन्ने अवस्थामा थियो । त्यसको रेस्क्यु अपरेसन म्यानेजर पनि हजुर नै हो है ?

नेपाल बैंक सबैभन्दा पुरानो बैंक । त्यहाँ लामो समय काम गर्यौँ । ५० को दशकसम्म त्यो बैंक ठिकै थियो । कुनै चिजहरु बिग्रन धेरै समय लाग्दैन । त्यो बिग्रेको भनेको ५४ देखि ५८ सालसम्म मात्रै हो । त्यसमा धेरै कारणहरु छन् । त्यतिबेलाको राजनीतिक अवस्थादेखि म्यानेजमेन्ट, बोर्ड संरचनाका कुराहरु छन् ।

हमीले राम्रो ढंगबाट गइरहेकै हो । तर हामी ५४ सालदेखि ५८ सालसम्म आइपुग्दा जुन खालको अवस्था आयो त्यो धेरै नै खराब भयो । त्यो भन्दा अगाडिको हाम्रो काम गर्ने शैली परम्परागत थियो । ट्रेडिस्नल थियो । त्यसलाई मोर्डनाइज गर्नु पर्ने थियो । म संस्थागत सुशासनको दृष्टिकोणबाट भन्दै छु । अरु बेला हाम्रो काम गर्ने शैलीमा गुनासो हुन्थ्यो होला । हामी पछि पनि थियौं होला ।

तर ५४ देखि ५८ सम्मको ५ वर्षमा एकदमै वीक (कमजोर) कर्पोरेट गभर्नेन्स भएको अवस्था बन्यो । ५९ देखि चाहिँ वल्र्ड बैंक र आइएमएफले विदेशी व्यवस्थापन नै ल्याए । विदेशी व्यवस्थापनले ५ वर्षसम्म चलाए ।

त्यसपछि त्यसलाई नेपालीहरुले हाकेर लग्यौँ र सुधार भयो । मलाई लाग्छ वाणिज्य बैंकमा पनि सेहि खालको स्थिति हो । म दुबै तर्फको पिरियडहरु हेर्छु । त्यो संजोक भनौँ कि के भयो । त्यो अध्ययन गर्ने खालको परिस्थिति बनेको थियो । ५४ देखि ५८ मा संस्थागत सुशासन कमजोर भएकाले त्यो स्थिति निम्त्याएको हो ।

तर आज ती सबै चिजलाई पार गरेर दुबै बैंक कम्पिटेन्ट भएर बजारमा भिडिरहेको छ । त्यसपछि गभरमेन्ट, राष्ट्र बैंकले वित्तीय स्थिति सुधार कार्यक्रम ल्यायो । त्यसपछि विदेशी व्यवस्थापन ल्यायौँ । पहिला विदेशी व्यवस्थापन आउँदा खेरी यिनीहरुले पनि के गर्ला ? भन्ने थियो तर पछि उहाँहरुले काम गर्दै गइसकेपछि एक खालको सुधारहरु ल्यायो ।

र एउटा खुसीको कुरा के हो ? भने विदेशी व्यवस्थापन फर्केर गएपनि जो दुबै बैंकमा सँगसँगै काम गरिरहेको थियो त्यो टीमले सुधारलाई निरन्तरता दियो । त्यस्ले गर्दा अहिले दुबै बैंक प्रतिस्पर्धि भयो । निजी क्षेत्रका बैंकहरुसँग कम्पिटिसन गर्न सक्ने स्थिति भयो ।

प्रतिफल अरु सबै हिसाबले । स्वदेशी व्यवस्थापन पनि बलियो हुँदै गएको स्थितिको परिणाम हो यो ।

तपाईले राष्ट्रिय वाणिज्य बैंकमा दुई पटक सीईओका रुपमा नेतृत्व गर्नु भयो । सरकारहरु लगातार परिवर्तन भइरहन्थे । सरकारका नीतिहरु लगातार बदलिरहन्थे । सरकारले यो क्षेत्रमा ऋण देउ त्यो क्षेत्रमा ऋण देउ भनिरहन्थ्यो । तपाईले नेतृत्व गरिरहनु भएको बैंक चाहिँ १७ प्रतिशत सरकारको लगानी रहेको, एनआइडिसीलाई छोड्ने हो भने कसरी काम गर्नु भयो त्यस्तो अवस्थामा ?

एउटा सीईओलाई ७ वटा मन्त्रीसँग ७ वटा चियरम्यानसँग काम गर्न पाउँनु भनेको एउटा अवसर पनि हो । र चुनौति पनि हो । चुनौति भनेको मन्त्री फेरिएको भनेको सरकार फेरिएको र त्यो भनेको एउटा राजनीतिक परिवतर्न नै हो ।

विभिन्न पार्टीका मान्छेहरु आइसकेपछि आफ्ना आफ्ना फिलोसोफिहरु, आफ्ना आफ्ना मान्यताहरु, प्राथमिकताहरु हुने भयो । फेरी व्यक्ति भनेपछि कार्यशैलीको कुरा पनि आयो । म सम्झिन्छु । कस्को कार्यशैली कस्तो भयो ? भनेर । तर जे भएता पनि म यति चाहिँ ग्यारेन्टीका साथ भन्न सक्छु ।

मैले सबैसँग राम्रो सुमधुर सम्बन्ध राखेर सबैको विश्वास जिेतर मैले काम गरे । त्यो विश्वास कसरी जिते भन्दा खेरी म नियुक्ति हुँदा खेरी कुनै एउटा गभरमेन्ट थियो होला । कुनै पोलिटिकल पार्टी थियो होला । म सीईओ भइसकेपछि मैले कहिले पनि त्यस्तो राजनीतिक ढंगले सोचिन ।

म सरकारले नियुक्ति गरेको मान्छे सरकारको प्राथमिकतालाई सरकारको आफ्नो प्राथमिकता सम्झेर मैले आफ्नो कर्तव्य निर्वाह गर्न यो वा त्यो कहिल्यै भनिन । मैले निरन्तर काम गरेर गएको छु । मलाई जुन खालकको भूमिका दिइएको थियो । मलाई जसरी शपथ खुवाइएको थियो । मैले शतप्रतिशत पालना गरेर भूमिका निर्वाह गरेको भनेर दाबी पनि हो ।

सरकारी बैंकमा अथवा सरकारी निकायमा जागिर खान गएकाहरु मुस्किलले एक कार्यकाल पार गर्छन् । तपाईले दुईदुई कार्यकाल भ्याइदिनु भयो । जोडिराख्ने रसायन त कडै रहेछ नि ?

त्यो पनि एउटा कुरा त हो । तर आफूले आफ्नै प्रसंशा गर्नु अलि गार्हो नै हुन्छ । हामीले त्यहाँको फाइनान्सियल इन्डिकेटरहरु हेर्ने हो भने अरु विभिन्न सुधारका क्षेत्रहरु हेर्यौ भने प्रतिफल, पुँजी, विजनेस, प्रोफिट, सरकारलाई दिने डिभिडेन्ट, क्यापिटल ग्रोथ, ह्युमन रिसोर्सको हिसाबले हेर्ने हो भने पनि सुधार भयो तर सबैभन्दा राम्रो हाम्रो जुन टिम वर्क थियो । यस्तो कन्सर्नटेसन थियो कि हामीसँग एउटा मिसनमा भयो त्यसरी जान सकेको हो ।

सातजना मन्त्रीले आठ वर्षमा आठवटा बजेट ल्याए । हरेक बजेटमा बैंकिङ क्षेत्रबाट यसरीयसरी कर्जा दिने उद्यमशीलता बढाउने भन्ने कार्यक्रम ल्याउँथ्यो र त्यो कार्यक्रम कार्यान्वयनमा ल्याउने जिम्मा केन्द्रीय बैंक तपाईहरूलाई जिम्मा लगाइदिन्थ्यो । सरकारको स्वामित्व भएको बेलामा कसरी काम हुन्थ्यो ?

बीचमा आएको जुन सहुलियतपूर्ण कर्जा थियो । त्यो सहुलियतपूर्ण कर्जालाई हामीले राम्रै लिड गर्यौ भने यद्यपि राष्ट्र बैंकले चाहिँ एउटा शाखाबाट १० वटा कर्जा जानु पर्छ भनेको थियो । हामीले त्यसलाई भन्दा कुन कर्जाको एक प्रतिशत गरौँ ।

१० वटा त हामी पालना गरिहाल्छौं । भन्ने हिसाबले हामीले पालना गर्यौ र त्यसमा हाम्रो मक्सद के थियो, भने त्यो कर्जामा पनि एकदमै डाउन लेभलमा जाने साना कर्जाहरु अहिले मेहनत पर्ने कस्टहरू चाहिँ पर्ने यो रियल जनतामा जसको चाहिँ जसको धितो छैन । यो त धितो नभएको सहुलियतपूर्ण कर्जा हो नि त ।

त्यो पनि एकदमै पिछडिएको वर्ग पीडित, दलित, महिला समुदायको हिसाबमा पनि लक्षित गरेर समावेशि टाइपको यस्को क्यारेक्टर थियो । त्यसोभए हामी जान्थ्यौ र त्यो जाँदाखेरि हाम्रो संकेत पनि के हुन्थ्यो भने प्राथमिक थियो र हामीले एग्रेसिभ रुपमा अगाडि लाने कुरा थियो तर पनि हामीले त्यसको मापदण्ड, सेलेक्सन, प्राथमिकताका कुराहरूमा हामीले कम्प्रमाइज गरेनौँ ।

तपाईँलाई कतिको प्रेसर आउँथ्यो ? किनभने राष्ट्र वाणिज्य बैंक त आजको दिनमा पनि न्यून ब्याजदरका रूपमा ऋण दिने बैंकका रूपमा प्रख्यात छ ?

नेपालमा प्रेसर त्यसलाई सामान्य मान्नुपर्छ । आउँदैन भन्यो भने त्यो झुट हुन्छ । त्यसलाई म्यानेज गर्नुपर्ने हुन्छ । हामीले हाम्रो जुन मापदण्ड छ सिद्धान्त छ त्यो नीति नियम बाहिर गएर काम गर्न सकिँदैन ।

यो काम गर्न मिल्दैन । भन्ने तरिका मिलायो भने कुनै पनि अथ्योरिटीले जबरजस्ती गर्ने कुरा हुँदैन। तर हामीले पनि लजिकल्ली वीथ प्रुभ नियम कानुनका सबै दायराहरू दर्साएर प्रश्न गर्न सक्नुपर्छ । मैले यसरी धेरै ठाउँमा म्यानेज गरेर कन्भिन्स गरेको छु जस्तो लाग्छ।

तपाईँले त्यही आठ वर्षको नेतृत्वका दौरानमा म्यानेजमेन्ट एसोसियसन नेपालको नेतृत्व पनि गर्नु भयो । एकजना अब्बल व्यवस्थापकका रूपमा पहिचान स्थापित नै छ । के गर्नु पर्दो रहेछ ? सबैलाई मिलाएर अगाडि लैजान यो देशमा ?

मेरो लागि यो ठूलो गौरवको विषय पनि हो। कतिपय कुराहरु त हामी किताबमा पढ्छौँ । सबै कुराहरु लेखेकै छन् । तर किताबमा पढेको कुरा र त्यसलाई व्यवहारमा अनुवाद गर्ने कुरा चाहिँ फरक कुरा हो ।

त्यसैले यस्तो एसोसिएसनमा बसेर म्यानेजमेन्टको पदमा बस्दा त्यहाँको इन्ट्रयाक्सन, भेटघाट, आदान प्रदान हुने कुराहरुलाई ती किताबमा भएका कुराहरुलाई हाम्रो सन्दर्भमा देश नै पिच्छेको कन्टेन्ट त फरक छ फेरी । सोसाइटी फरक छ । हाम्रो कन्टेक्समा चाहिँ उहाँहरुले गरेको अनुभवहरु लिने कुराहरु, लागू गर्ने कुरा, विभिन्न खालका च्यालेन्जहरु आउँदा पनि यसरी जानु पर्छ भन्ने कुराहरु एकदमै सिक्न पाइयो ।

हामीले ठूला-ठूला कन्फ्रेन्सहरु पनि गर्यौँ । यी सबै कुराहरुले गर्दा मेरो आफ्नो होराइजन फरक हुने, सोच्ने कुरामा भिन्नता, काम गर्ने शैलीमा परिमार्जित हुने खालको अपरचुर्निटीहरु भएको हुनाले मैले त्यसलाई एकदमै ठूलो अपरर्चुनिटीको रुपमा लिन्छु ।

तपाई व्यवस्थापक बैंकरहरु भनेको आफूले अलिअलि जोखिम उठाएर उद्यमशील मान्छेहरु जन्माइदिने मान्छे हो । आफू चाहिँ जागिर खाने तर जागिर हैन व्यापार गर्नु पर्छ भन्ने मान्छे तयार गर्ने मान्छे हो । तयार गर्दा राज्यको एकिकृत प्रयास चाहिँ भएन । नेपालमा जति पनि उद्यमशील मान्छेहरु जन्मिए, तिनीहरु आफ्नो बल बुताले नै आएका हुन् । स्थापित भएका हुन् । राज्यले तालिम स्किल डेभलपमेन्टका विभिन्न प्रोजेक्टहरु ल्याए पनि त्यसले यथोचित रुपमा काम गरेन भन्ने तर्क आइरहेको छ । तपाईहरुले चाहिँ कसरी हेर्नु भएको हो ? यो विषयलाई ।

हाम्रो नियम कानुन, प्रकृया, सोचहरु अलि गार्हो नै रहेछ । अप्ठ्यारो नै रहेछ । अनि कुनै निकायबाट स्वीकृति लिने कुरा अहिले त ७ दिनभित्र काम सक्नु पर्छ भन्ने नयाँ कुराहरु आएको छ । हामी त काम गरेर आएको मान्छे नि त । मलाई के लाग्थ्यो ? भने यो काम भोलि या पर्सीसम्म सकिहाल्छ नि । किनकि त्यहाँ कुराहरु धेरै छैन ।

हामीले के पनि माग गरेका थियौ, भने तपाईहरु हुँदैन भने यो कारणले हुदैँन भनेर भन्नुस् । भनेर भन्यौँ । ठिक छ हाकिमहरुलाई । तर के कारणले मिल्दैन त्योकारण चाहिँ लेखिदिनुस् है भनेर भनेको थियौँ । त्यो कुरा लेख्न पनि डराउँने रहेछ । नमान्ने रहेछ । यो त्यो भन्दा भन्दा डिसिजन फिक्स नहुने ।

पछि हामीले हिड्ने बेलामा भन्यौँ पनि । सर यो आखिरी हुने नै रहेछ । हामी यत्ति धायौँ । यत्ति पछि पर्यौँ । त्यो भनेको हाम्रो प्रोजेक्ट एक महिना पछि गयो नि त । त्यहि भएर हाम्रो ऋणको व्याजदर यत्ति बढ्यो । हाम्रो प्रोजेक्टले जुन कमाउने समय थियो त्यो लस भयो । कमिटमेन्टमा शंका गरे ।

एक दुई वटा उदाहरण हेर्दा खेरी अलिकति मेन्टालिटीको प्रबलमहरु, रिक्स लिन नसक्ने प्रबलमहरु पन्छ्याउन पाए राम्रो हुन्थ्यो । हाम्रो राज्यले सोच प्रणाली उद्योग खोल्छु । कम्पनी खोल्छु । कर तिर्छु । रोजगार दिन्छु । नाफा कमाउँछु । फेरी लगानी गर्छु । भन्नेलाई प्रोत्साहन गरेन ।

सबैभन्दा नीति नियम चेन्ज गर्ने कुरा पनि छ । तर जब सम्म हामी यो मेन्टालिटीमा चेन्ज गर्दैनौँ । सबै पढिलेखेको एक सय एक छन् । दुई वटा तिन वटा डिग्री पनि होलान् । तर पनि सोचमा भरसक भन्ने जुन छ नि त्यो एग्रिमेन्ट त म यता रिक्स लिए नै गरिदिन्छु नि । जे पर्छ पर्छ ।

एग्रिमेन्ट त नियमभित्र गरेको छ । अथवा कही स्वीकृत गराउनु छ भने मैले त्यहाँबाट एप्रुभल ल्याएर भएपनि दिन्छु । उसलाई म आज गरिदिन्छु । भोलि नै गरिदिन्छु । भनेर भन्ने खालको एटिट्युड चाहिँ भएन । म पनि एउटा निर्णय गर्ने ठाउँमा बसेर आएको हो । त्यहाँ रिस्क भनेर हामीलाई पनि थाहा छ ।

मैले यो भनिरहँदा अर्को मान्छेले जस्तो भोगिरहेको छ त्यसले त मलाई जर्ज गर्छ । त्यसैले हुदैँन भने समयमा नै हुदैन भन्ने । खालको एटिट्युडको समस्या छ । राज्यको नीति नियम कानुन जुन चेन्ज गर्ने कुरा छ । त्यो आफ्नो ठाउँमा छ । त्यो भौतिक कुरा हो ।

मानसिक कुरामा पनि एटिट्युड कसरी चेन्ज गर्ने ? होला । निर्णय छिटो गरिदिने । यो खालको इफेक्ट हुन्छ । भन्ने खालको कल्चरहरूमा पनि समस्या छ । त्यो कुरा पनि चाहिने रहेछ । यो साइडमा आइसकेपछि यो कुराहरू चाहिँ पिडा जस्तो लाग्छ । वास्तवमा मान्छेलाई गाह्रो नै हुँदो रहेछ भन्ने खालको लाग्छ ।

तपाई त बैंकिङ छोडेर उद्यमशीलतातिर लागिसक्नुभएको छ । तपाईसँग यो सोध्नु उपयुक्त हुन्छ । यहाँको ब्युरोकेसीले फाइल अगाडि बढाउँदैन । कम्पनी दर्ता गर्ने ठाउँमै ठिकठाकले हेर्दिँदैन । त्यहाँको आम समाज पैसा कमाउने प्रति दुर्भाव राख्छ । पोलिटिक्सहरू त्यसै त्यसै गरी सोच्छन् । भनेपछि नेपालमा हामी जुन परिकल्पना गरिरहेका छौं । लगानी ह्वारह्वारी बढीरहोस् । रोजगारी व्यापक रूपमा सिर्जना होस् । हामीलाई पुग्ने वस्तु तथा सेवा हामी आफैँ बनाउँन सकौँ । त्यसपछि निर्यात गरौँला । समुन्नत हौला । क्यापिटल इन्कम बढाउँला । यो त सपना सपना नै होला जस्तो छ । भन्ने डर पनि छ । यो भविष्य प्रतिको डर पनि हो ।

त्यो तहमा हामीले सोच्नु हुँदैन । हामीले हेर्दा खेरी तुलनात्मक रूपले पनि हेर्नुपर्ने हुन्छ । अब एकदमै केहि छैन भन्ने खालको भन्यो भने त्यस्तो १०० वटा लिस्ट निकाल्न सकिन्छ । छ भनेर पनि फेरि सय वटा लिस्ट निकाल्न सकिन्छ ।

म दुईवटा कुराको एक्सट्रिममा के छु, भने एकदमै व्यापक भएको छ भनेर भन्ने मान्छेहरु पनि छन् । एउटा चाहिँ केही पनि भएको छैन । भन्ने मान्छेहरु पनि छन् । दुई वटै गलत हो । फ्याक्ट चाहिँ फ्याक्ट हुनु पर्यो नि । हिजोभन्दा आज विकास त भएको हो नि । चाहे त्यो ४७ साललाई लिनुहोस् चाहे । त्यो ७ साललाई दिनुहोस् ।

जहिले पनि हिजोभन्दा आज सबै चिजमा जस्तो शिक्षा, स्वास्थ्य, सञ्चार, नेटवर्किङ, उत्पादन, औषत आयुहरु कति थियो ? स्कुल कलेज कति बने ? यहि त हो । हिजोभन्दा विकास भएको हो । तर अहिले जुन रफ्तारमा हुनुपर्ने विकासको गति हो । छिमेकी विश्वको तुलनामा चाहिँ हामी पछि हो । फेरी केही भएन भन्दा खेरी त हिजो एउटा आरएनएसी मात्रै थियो ।

आज यत्रो एयरलाइन्स भयो । त्यो त विकास हो नि । दुई वटा मात्रै बैंक थियो । आज यत्रो बैंक र फाइनान्स कम्पनी छन् । विकास भएको हो तर विकासेले के गर्यो, भने आज जुन खालको विकास चाहेको हो, मान्छेले चाहिरहेको छ, छिमेकीले विश्वले जुन विकास गरिरहेको छ त्यसको तुलनामा त पछि हो ।

तपाईले १० महिना भयो बैंकिङ छोडेर उद्यमशीलता तिर लाग्नु भएको । यो बीचमा नेपालको बैंकिङ क्षेत्रमा केही महत्त्वपूर्ण घटनाक्रम देखिसके । राष्ट्र बैंकले एउटा संस्थालाई टेकओभर गरिसक्यो । अरुको विषयमा पनि छलफल भइरहेकै छ भन्ने आइरहेकै छ । बाहिरबाट हेर्दा नेपालको बैंकिङ कस्तो देखिनु भयो ?

वास्तवमा यो वर्ष नेपालको बैंकिङ क्षेत्र चुनौति मै हो । हिजो र आजमा त एकदम फरक भयो नि त । अहिले हाम्रो लिक्वीडिटीको स्थितिहरु हेरौँ । एकदमै धेरै छ । कर्जाको डिमान्ड हेरौँ । एकदमै लोयस्ट पोजिसनमा छ । कर्जाको बाहिरको जुन वातावरण छ । बजार त चलायमान छैन । आर्थिक गतिविधि सुस्त खालकै छ ।

त्यस्ले गर्दा उस्ले लोन तिर्न सकेको छैन । त्यस्ले गर्दा एनपीए बढ्दै गएको छ । यो भनेको बैंकिङ क्षेत्रको एकदमै चुनौतिपूर्ण अवस्था हो । सम्पूर्ण सिस्टम नै त्यहि हो । अब यस्को समाधान पनि निकाल्न पर्यो । समाधान भनेको यसमा बैंकिङ क्षेत्रले मात्रै केहि गर्न सक्दैन ।

उसले डिमान्डलाई सप्लाई गर्ने कुराहरु त्यो कोसिसलाई छिटो छरितो गर्ने कुराहरु, एक्टिभ हुने कुराहरुमा उस्को भूमिका होला । तर मेजर कुरा चाहिँ के छ ? भने राज्य नै यसमा यो गतिविधि अगाडि बढाउँनु पर्यो । पोलिसिगत मै बढाउँनु पर्यो । अहिले केही सुधारका कार्यहरु भएको छ ।

अहिले नीतिगत रुपमा पनि केही कुराहरु परिवर्तन भएको छ । तर अहिले पुँजीगत खर्चकै कुरा मेन देखिन्छ नि त । जबसम्म पुँजीगत खर्चलाई राम्रोसँग माथि लान सकिदैन तबसम्म त्यो आर्थिक समस्यामै रहन्छ । रिसोर्सको लागि माध्यमहरु हुन सक्छ । भने हामीले पनि एक्सप्लोर गर्ने कुराहरु हुन्छ । राम्रा दिन आउँछन् । फरक नै पर्दैन ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्