एजेन्सी । राष्ट्रिय ध्वजावाहक सिरियन एयरले १२ वर्षको निलम्वनपछि टर्किएको उडान पुन: शुरु गरेको इस्तानबुल विमानस्थलको प्रेस कार्यालयले बुधवार जनाएको छ । एक समारोहका साथ स्वागत गर्दै दमास्कस अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो उडान मंगलवार साँझ इस्तानबुल विमानस्थलमा अवतरण गर्यो ।
दमास्कस र इस्तानबुल बीचको उड्डयन सेवा हप्ताको पाँच दिन सञ्चालन हुनेछ । समारोहमा बोल्दै इस्तानबुल विमानस्थलका वाणिज्य निर्देशक फिरात ओकाकले उडान नयाँ मार्गको सुरुवात मात्र नभइ पुनस्र्थापित सम्बन्ध, बढ्दो साझेदारी र साझा अवसरहरूको प्रतिक रहेको बताए ।
यस वर्ष इस्तानबुल विमानस्थलसँग छैटौं नयाँ एयरलाइन साझेदारको रूपमा सिरियन एयर थपिएपछि क्षेत्रीय सम्पर्कलाई बढावा मिल्नेछ । सिरियामा गृहयुद्धका कारण कम्पनीले दमास्कस र इस्तानबुल बीचको सञ्चालन लगभग १२ वर्षदेखि निलम्वन गरेको छ ।
प्रतिक्रिया दिनुहोस्