Shikhar Insurance
National Life

गभर्नर नियुक्तिका लागि अर्थमन्त्रीको नेतृत्वमा तीन सदस्यीय समिति गठन,विज्ञ सदस्यमा डा. विश्वनाथ पौडेल

सिंहदरबार संवाददाता
२०८१ फाल्गुन २९, बिहीबार १७:१३
Hyundai
NCELL
NIMB

काठमाडौं । सरकारले गभर्नर नियुक्तिका लागि तीन सदस्यीय सिफारिस समिति गठन गरेको छ । मन्त्रिपरिषदको फागुन २६ गते राती बसेको मन्त्रिपरिषदको निर्णयबाट सिफारिस समिति गठन भएको हो ।

समितिमा संयोजक अर्थमन्त्री विष्णुप्रसाद पौडेल रहेका छन् । यस्तै, विज्ञ सदस्यमा डा. विश्वनाथ पौडेल रहेका छन् । यसैगरी, पुर्व गभर्नर मध्येबाट विजयनाथ भट्टराई रहेका छन् । १८ ‌औं गभर्नर सिफारिस समितिमा मन्त्रिपरिषद कार्यालयबाट फोन आएपनि पत्र हालसम्म हात नपरेको एक सदस्यले सिंहदरबारसँग बताए । ती सदस्यले भने, “छनोट समितिमा बस्ने कुरा भएको छ, औपचारिक रुपमा पत्र आइपुगिसकेको छैन् ।”

Citizen Life
Kumar Bank
Prabhu Insurance

हालका राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल २०८१ चैत १२ गतेबाट सकिदैछ । १७ औं गभर्नरको रुपमा सफल कार्यकाल सकेर अधिकारी बिदा हुँदै छन् । पुर्व गभर्नर भट्टराईलाई सरकारले २०६१ सालमा १३ गभर्नरको रुपमा जिम्मेवारी दिएको थियो । यस्तै, विज्ञ सदस्यको रुपमा रहेको डा. पौडेले राष्ट्रिय योजना आयोगका पुव उपाध्यक्ष हुन् । उनी अर्थशास्त्री समेत हुन् ।

 यी हुन आकांक्षी

नेपाल राष्ट्र बैंकको गभर्नर बन्नका लागि करिब दर्जन व्यक्तिहरुको नाम चर्चामा छ । तिमध्ये कोहि साझा उम्मेदवार बन्ने प्रयासमा देखिन्छन् भने आस्थाका आधारमा दलका नेता फकाउँदैछन् । केहि दावेदारहरु भने व्यवसायीक घरानाको दैलोमा समेत धाईरहेको देखिन्छ ।

गभर्नर बन्ने दौडमा हालका डेपुटी गभर्नरद्धय निलम ढुंगाना र बम बहादुर मिश्र पनि देखिन्छन् । अर्थमन्त्री नेतृत्वको गभर्नर सिफारिस समितिले तीन जनको नाम सिफारिस गर्दा दुई डेपुटीमध्ये एक जनाको नाम अनिवार्य समावेश गर्नुपर्ने कानुनी व्यवस्था छ । उनीहरु दुबै जना सिफारिसमा पर्ने र गभर्नर बन्ने कसरतमा छन्, जुन स्वभाविक पनि हो ।

त्यस बाहेक राष्ट्र बैंकका सञ्चालक समिति सदस्य चिन्तामणी शिवाकोटी र डा. रबिन्द्र प्रसाद पाण्डेको नाम पनि गभर्नर बन्नेहरुको चर्चा सूचिमा छ । राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाश कुमार श्रेष्ठ र डा. गुणाकर भट्ट पनि गभर्नरको दौडमा छन् । त्यस बाहेक राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट केहि महिना अघि मात्रै अवकास पाएका देवकुमार ढकाललाई सम्भावित गभर्नरका रुपमा हेरिएको छ ।

चार वटा वाणिज्य बैंकका सीईओहरु पनि गभर्नर बन्नेहरुको चर्चा सूचिमा देखिन्छन् । नबिल बैंकका सीईओ ज्ञानेन्द्र ढुंगानाले गभर्नर बन्ने तयारी गरेको केहि समय भैसकेको छ । त्यस बाहेक कृषि विकास बैंकका सीईओ गोबिन्द गुरुङ पनि गभर्नर बनाईदिने सुत्रहरुको खोजिमा रहेको बताइन्छ । प्रभु बैंकका सीईओ अशोक शेरचन र माछापुच्छ्रे बैंकका सीईओ सन्तोष कोइरालाको नाम पनि गभर्नरको रेसमा चढेको छ ।

शक्तिशाली व्यवसायीक घरानाहरुको तर्फबाट लगानी बोर्डका पूर्व सीईओ सुशिल भट्टको नाम प्रतिष्पर्धा सूचिमा अघि सारिएको बताइन्छ । त्यस बाहेक पूर्व अर्थ सचिव रामेश्वर खनाल र राष्ट्रिय बाणिज्य बैंकका पूर्व सीईओ किरण श्रेष्ठको नाम पनि चर्चामा छ । यी दुबैले आफुलाई काँग्रेस–एमाले र व्यवसायीक घरानाहरुको समेत साझा उम्मेदवारका रुपमा अघि सार्ने तयारी गरेका छन् । यी दुई पात्रलाई हेरेर नै सरकारले अर्थमन्त्रालय सम्वद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यहरुको नियुक्ती र मनोनयन सम्बन्धी मापदण्ड २०७३(पहिलो संसोधन) खारेजीको तयारी गरेको स्रोतहरुको दाबी छ ।

हाल एशियाली विकास बैंकमा काम गरिरहेका समिर खतिवडाले पनि गभर्नरका लागि लाइन मिलाउने प्रयास गरिरहेको बताइन्छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्