Skip to content
Shikhar Insurance
National Life

आदित्य ट्रेड सप्लायर्सका संचालक अमित कुमार सहनी विरुद्ध सम्पति सुद्धिकरणको मुद्दा दर्ता

Hyundai
NCELL
NIMB

काठमाडौं । आदित्य ट्रेड सप्लायर्स (स्थायी लेखा नं.६०४०५२५९३) का प्रोप्राइटर अमित कुमार सहनी विरुद्ध सम्पति शुद्धिकरणमा मुद्दा दर्ता भएको छ ।

राजस्व छलि गर्ने उदेश्यले सहनीले बिल बिजक नै जारी नगरी कपडा लगायतको कारोबार गरेको आरोपमा मुद्दा दर्ता भएको हो ।

सहनीले नेपाल भारत सिमा नाका भैरहवा आसपास क्षेत्रवाट चोरी पैठारीजन्य आर्थिक गतिविधिवाट आयआर्जन गरेको रकम नेपालस्थित बैंकहरुमा बैंक खाता खोली जम्मा गर्ने र उक्त रकम भारतका विभिन्न स्थानवाट ATM माध्यमवाट झिक्ने चलाउने लगायतका गैर कानूनी कार्यहरु गरेको सम्पत्ति शुद्धीकरण विभागको आरोप छ ।

सहनीले २०६७/६८ देखि २०७५/७६ सम्मको अवधिमा भारतबाट एटिएम प्रयोग गरी नेपालमा रहेका विभिन्न बैंकको खाताहरुवाट झिकेको रकम रु.२ करोड ३ लाख ६७ हजार २६० रुपैयाँ झिकेको अनुसन्धानमा खुलेको छ ।

सहनी विरुद्ध विभागले १० करोड ४४ लाख ४० हजार बिगो माग गर्दै उच्च अदालत पाटनमा मुद्दा दर्ता भएको हो ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्