काठमाडौं। राजस्व अनुसन्धान विभागले राजस्व अनुसन्धान कार्यालय ईटहरीले कपडा व्यापारी श्याम प्रसाद गुप्ता विरुद्ध मुद्दा दायर गरेको छ । कार्यालयले २१ करोड ३७ लाख बिगो माग दाबी गर्दै मुद्दा दायर गरेको हो ।
श्याम वस्त्रालय (स्था. ले.नं. ३०२१८४६३१) का प्रोप्राइटर श्याम प्रसाद गुप्ता विरुद्ध भारतीय कपडा चोरी पैठारी गरी राजस्व चुहावट गरेको कसुरमा अनुसन्धान कार्य सम्पन्न गरी उच्च अदालत जनकपुर, राजविराज इजलासमा मिति २०८२/०१/१४ गते अभियोगपत्र दायर भएको हो ।
जिल्ला सिराहा, लहान नगरपालिका वडा नं. ८ स्थित श्याम वस्त्रालयमा खानतलासी गरी अनुसन्धान गर्दा उक्त फर्मका प्रोप्राइटर श्याम प्रसाद गुप्ता (ना.प्र.नं. २७५५२६०) ले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ४ को खण्ड (क), (ख) र (झ) बमोजिमको राजस्व चुहावट गरेको कार्यालयको दाबी छ ।
राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २ ( छ १) बमोजिम १० करोड ६८ लाख बिगो कायम भएको छ । बिगोको शतप्रतिशत जरिवाना सहित २१ करोड ३७ लाख र कैद सजायको मागदाबी सहित अभियोगपत्र दायर भएको हो ।
प्रतिक्रिया दिनुहोस्