Skip to content
Shikhar Insurance
National Life

धौलागिरी लघुवित्तले गर्यो कुल १५ प्रतिशत लाभांश घोषणा, नगद र बोनस कति ?

Hyundai
NCELL
NIMB

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीहरुलाई वितरण गर्न लाभांश घोषणा गरेको छ । लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट लगानीकर्ताहरुलाई वितरण गर्न कुल १५ प्रतिशत लाभांश घोषणा गरेको हो।

लघुवित्तको कात्तिक २२ गते बसेको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

लघुवित्तले हाल कायम चुक्ता पूँजी १३ करोड ३१ लाख रुपैयाँको १५ प्रतिशतका दरले हुन आउने १ करोड ९९ लाख ६५ हजार रुपैयाँ बराबरको लाभांश वितरण गर्ने घोषणा गरेको हो। जसमध्ये १४.२५ प्रतिशतका दरले हुन आउने १ करोड ८९ लाख ६६ हजार ७५० रुपैयाँ बराबरको बोनस सेयर रहेको छ भने, ०.२५ प्रतिशतका दरले हुन आउने ९ लाख ९८ हजार २५० रुपैयाँ नगद लाभांश (कर प्रयोजनार्थ) रहेको छ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीहरुलाई वितरण गरिनेछ।

GBIME

प्रतिक्रिया दिनुहोस्