Skip to content
Shikhar Insurance
National Life

मध्य भोटेकोशीले डेढ अर्बको आईपीओ निष्काशन गर्न अनुमति पायो, लगानी गर्ने की नाई ?

Hyundai
NCELL
NIMB

काठमाडौं । मध्य भोटेकोसी जलविद्युत आयोजनाले एक अर्ब ५० करोड रुपैयाँ बराबरको आईपीओ निष्काशनश गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले आइतबार मध्य भोटेकोशीलाई डेढ अर्बको आईपीओ निष्काशन गर्ने अनुमति दिएको हो ।

कुल निष्काशनमध्ये सिन्धुपाल्चोकका आयोजना प्रभावित बासिन्दालाई १० प्रतिशतका दरले हुन आउने ६० लाख कित्ता अर्थात ६० करोड बराबरको शेयर जारी गर्नेछ भने यसैगरी सर्वसाधारणका लागि १५ प्रतिशतले हुन आउने ९० करोड बराबरको ९० लाख कित्ता शेयर निष्काशन गर्नेछ ।
मध्य भोटेकोसी जलविद्युत आयोजनाले जारी गर्ने शेयर मूल्यको प्रत्याभूतिका नागरिक कोषले गरेको छ । कम्पनीको शेयर निष्काशन तथा विक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल रहेको छ । एनआईबिएल एस क्यापिटल, प्रभु क्यापिटल, लक्ष्मी क्यापिटल मार्केट, सिभिल क्यापिटल मार्केट, सानिमा क्यापिटल र सीआईबिएल क्यापिटल लिमिटेड सहबिक्री प्रबन्धक रहेका छन् ।

आयोजनाले पहिलो चरणमा कर्मचारी सञ्चयकोषका बचतकर्ता, संस्थापक संगठित संस्थाका कर्मचारी र ऋणदाता संस्थाका कर्मचारीका लागि एक अर्ब ४४ करोड बराबरको १ करोड ४४ लाख कित्ता शेयर निष्काशन गरेको थियो ।

मध्य भोटेकोशी जलविद्युत आयोजना सिन्धुपाल्चोक जिल्लामा १०२ मेगावाट क्षमताको जलविद्युत आयोजना निमार्ण गरिरहेको छ । कम्पनीको अधिकृत पूँजी ६ अर्ब २१ करोड रुपैंया छ भने जारी पूँजी ६ अर्ब रुपैंया छ । आयोजनामा कर्मचारी सञ्चय कोषले ६ अर्ब २१ करोड ऋण प्रवाह गरेको छ।

आयोजनामा चिलिमेको ३८, नेपाल विद्युत प्राधिकरणको १० तथा स्थानीय नेपाल अरनिको हाइड्रो कम्पनी, सिन्धु इन्भेष्टमेन्ट कम्पनी प्रालि र सिन्धुपाल्चोक हाइड्रो पावर कम्पनीको एक।एक प्रतिशत संस्थापक शेयर रहेको छ । सर्वसाधरणलाई १५, प्रभावित जिल्लाबासीलाई १०, कर्मचारी सञ्चय कोषलाई १९.५, आयोजनामा कार्यरत कर्मचारीलाई ३.५ प्रतिशत र ऋणदाता संस्था कर्मचारी सञ्चयकोषका कर्मचारीको एक प्रतिशत शेयर लगानी रहेको छ ।

आयोजनाबाट वार्षिक ५९ करोड युनिट विक्री योग्य विद्युत उत्पादन हुने अनुमान छ। चिलिमे जलविद्युत पावर कम्पनीको नेतृत्वमा बन्न लागेको यो आयोजना सिन्धुपाल्चोको सबैभन्दा ठूलो हो।  ब्याजसहित १५ अर्ब रूपैयाँ लागतमा बन्ने आयोजना सन् २०१३ को सुरुवातमा निर्माण सुरु गरी सन् २०१६ को अन्त्यमा सम्पन्न गर्ने लक्ष्य लिइएको थियो ।

आयोजनाबाट वार्षिक वार्षिकरुपमा ५४ करोड २० लाख युनिट विद्युत उत्पादन हुने छ ।आयोजनाले विद्युत् बिक्रीबाट वार्षिक रुपमा दुई अर्ब ९० करोड ४३ लाख आम्दानी गर्ने अनुमान गरिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्