Shikhar Insurance
National Life

जाजरकोट–रूकुमका भुकम्प पीडितलाई नेको इन्स्योरेन्सद्वारा राहत सामग्री वितरण

सिंहदरबार संवाददाता
२०८० कार्तिक २१, मंगलवार १२:१२
Hyundai
NCELL
NIMB

काडमाडौं । नेको इन्स्योरेन्स कम्पनीले भूकम्प पीडितहरूलाई आवश्यक राहत सामग्री वितरण गरेको छ । कम्पनीले कार्तिक १७ गते राति ११ः४७ बजे गएको ६.४ रेक्टर स्केलको भुकम्पबाट ठूलो धनजन क्षति भएको जाजरकोट र रूकुम पश्चिम क्षेत्रमा राहत सामग्री वितरण गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कम्पनीले जाडोमा ओड्नको लागि कम्बल, त्रिपाल र खाद्यान्न भुकम्पबाट प्रभावित जनतालाई हस्तान्तरण गरेको छ । नेको इन्स्योरेन्स बीमा कम्पनीहरू मध्येकै सबैभन्दा पहले राहत लिएर भुकम्प प्रभावित क्षेत्रमा पुगेको हो।

नेको इन्स्योरेन्सको कर्णाली प्रदेश शाखा प्रमुखसहितको टोलीले रूकुम पश्चिमको आठबिसकोट नगरपालिका र जाजरकोटका भुकम्प पीडितहरूलाई आवश्यक राहत सामग्री वितरण गरेको हो । हालसम्म झण्डै दुई सयको ज्यान गएको र ३ हजार घरहरू भत्किको क्षेत्रमा राहत सामग्री वितरण गरेको हो ।

प्राकृतिक प्रकोपबाट प्रभावित जनतालाई राहत वितरण कार्य अझै जारी रहने नेको इन्स्योरेन्सले जनाएको छ।विकट क्षेत्रमा बढि क्षति पुगेको र राहत सामग्रीको अभावमा सर्वसाधारण खुल्ला आकाश मुनि रात बिताईरहेका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्