काठमाडौं । भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले भूकम्पपीडितको उद्धार तथा राहतका लागि सहयोग हस्तान्तरण गरेका छन् ।
उनले प्रधानमन्त्री राहत कोषमा १ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग हस्तान्तरण गरेका हुन् ।
यस अघि नै भूकम्प प्रभावितहरुलाई सहयोग गर्ने घोषणा गरेका गुरुङले सोमबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर सो रकम बराबरको रकम हस्तानतरण गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्