Shikhar Insurance
National Life

बागलुङका १० स्थानीय तहद्वारा भूकम्प प्रभावितलाई ३० लाख सहयोग, कुनले कति ?

सिंहदरबार संवाददाता
२०८० कार्तिक २०, सोमबार १०:५२
Hyundai
NCELL
NIMB

गलकोट । शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पपीडितलाई सहयोग गर्ने क्रम जारी रहेको छ । यसक्रममा बागलुङका १० स्थानीय तहले एकमुष्ट ३० लाख राहत रकम प्रदान गर्ने भएका छन् । चार नगरपालिकाले ३ लाख ७५ हजार र ६ गाउँपालिकाले २ लाख ५० हजार सहयोग गर्ने निर्णय भएको बागलुङ नगरपालिकाका नगरप्रमुख वसन्तकुमार श्रेष्ठले जानकारी दिए।

प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बागलुङ जिल्लाका स्थानीय तहले प्रदान गर्ने नगद, उद्योग वाणिज्य संघ बागलुङ, जिल्ला रेडक्रस सोसाइटी बागलुङ, रोटरी क्लब अफ बागलुङ र अन्य संघ संस्थाले प्रदान गर्ने जिन्सी सामग्रीसहित आवश्यक औषधिसमेत लिएर जाजारकोटतर्फ जाने योजना रहेको बताए। भूकम्प पीडितका लागि आवश्यक लत्ताकपडा बागलुङ उद्योग वाणिज्य सङ्घमार्फत कपडा तथा फ्रेन्सी व्यवसायी समितिद्वारा सङ्कलन गरिएको बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष नरेश कँडेलले जानकारी दिए।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बारबर्दियाद्वारा ५ लाख सहयोग

बर्दियाको बारबर्दिया नगरपालिकाले भूकम्प प्रभावितका लागि ५ लाख २५ हजार आर्थिक सहयोग गर्ने भएको छ । आइतबार बसेको कार्यपालिकाको बैठकले दैवी प्रकोप व्यवस्थान कोषबाट ५ लाख २५ हजार दिने निर्णय गरेको हो । भूकम्प प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत, उपचार, पुनःस्थापना, पुनःनिर्माणलगायतका कार्यमा सहयोग पुर्याउन नगरले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख २५ हजार जम्मा गर्ने निर्णय भएको बारबर्दिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकानाथ गोसाइले जानकारी दिए।

GBIME

प्रतिक्रिया दिनुहोस्