Skip to content
Shikhar Insurance
National Life

भूकम्पमा मृत्यु भएकाका परिवारलाई सरकारले २ लाख राहत दिने

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल सरकारले जाजरकोट भूकम्पमा परी मृत्यु भएका व्यक्तिका प्रतिपरिवारलाई २ लाखका दरले राहत दिने निर्णय गरेको छ।

सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकको निर्णय जानकारी गराउँदै नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले तत्काल राहतस्वरुप पहिलो चरणमा सो सहयोग उपलब्ध गराउने निर्णय भएको जानकारी दिए।

यसैगरी जाजरकोट भूकम्पका कारण मृत्यु भएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै राहत तथा उद्धारको कामलाई तीव्रता दिने र घाइतेको निःशुल्क उपचार गर्ने निर्णय भएको मन्त्री शर्माले जानकारी दिए। शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भई ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प जाँदा जाजरकोट र रुकुमपश्चिम जिल्लामा एक सय ५७ जनाको निधन भएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्