Skip to content
Shikhar Insurance
National Life

आजदेखि सुनको असर्फी र चाँदीको सिक्का बिक्री गर्दै राष्ट्र बैंक, प्रतिव्यक्ति कति किन्न पाइन्छ ?

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकले तिहारको लागि आज( कात्तिक १९ गते) देखि सुनको असर्फी र चाँदीको सिक्का बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले मुद्रण विभागमार्फत सर्वसाधारणलाई २४ गतेसम्म सुनका असर्फी र चाँदीको सिक्का बिक्री गर्न लागेका हो।

विभागले हरेक दिन बिहान ११ बजेदेखि ३ बजेसम्म बिक्री गरिने जनाएको छ।

बैंकका अनुसार प्रतिव्यक्ति सुनको असर्फी बढीमा एक सेट पाउने छन्। जसमा कुल साढे १७ ग्रामको असर्फी सर्वसाधारणले खरिद गर्न पाउने छन्।

यसैगरी, गाईअंकित २५ ग्रामको एउटा सिक्का, गाईअंकित १० ग्रामको सिक्का, लक्ष्मी अंकित १० ग्रामको सिक्का, गणेश अंकित १० ग्रामको सिक्का र गजलक्ष्मी अंकित १० ग्रामको एक सेट चाँदीको सिक्का खरिद गर्न पाउने छन्।

राष्ट्र बैंकले हरेक वर्ष तिहारअघि सुनको असर्फी र चाँदीको सिक्का बिक्री गर्दै आएको छ। यस वर्ष पनि केन्द्रीय बैंकले आजदेखि सिक्का बिक्री गर्न सुरु गरिसकेको छ।

उक्त असर्फी र चाँदीको सिक्का खरिद गर्दा सर्वसाधारणले नगद वा क्युआर मार्फत भुक्तानी गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्