काठमाडौं । जाजरकोट भूकम्प पीडितलाई सिटिजन्स बैंकले २५ लाख सहयोग दिने भएको छ ।
बैंकले सस्थागत सामाजिक उत्तरदायित्व बापत भूकम्प पीडितलाई २५ लाख सहयोग दिन लागेको हो ।
बैंकले सुर्खेतमा प्रदेश कार्यालय र जुम्लामा आफ्नै भवन बाट बैकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।
बैंकको देशभर १८८ शाखा, १४८ एटिएम, ९७ शाखारहित इकाईहरुबाट बित्तीय सेवा दिदै आइरहेको छ । बैंकका १६ लाख ६४ हजार ग्राहक छन् ।
प्रतिक्रिया दिनुहोस्