Shikhar Insurance
National Life

मध्यरातमा भूकम्प- डेढ सय भन्दा बढिकाे मृत्यु, जाजरकोट, रुकुम पश्चिममा व्यापक क्षती

सिंहदरबार संवाददाता
२०८० कार्तिक १८, शनिबार ०७:५०
Hyundai
NCELL
NIMB

काठमाडौं । मध्यरातमा भूकम्प जादा सुदुरपश्चिम र कर्णाली प्रदेशमा एक सय ५० जना भन्दा बढीको मृत्यु भएको छ ।

गए राति ११:५७ बजेतिर गएको भूकम्पमा परी जाजरकोटमा मृत्यु हुनेको सङ्ख्या ९२ पुगेको जिल्लाका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उता रुकुम पश्चिममा २७ जनाको मृत्यु भैसकेको छ । सैयौ घाइते भएका छन् । मृतकहरुको संख्या निरन्तर बढीरहेको र त्यो एक सय भन्दा बढी हुने बताइएको छ ।
उनका अनुसार भूकम्पमा परी सयौँको सङ्ख्यामा मानिसहरु घाइते भएका विवरण प्राप्त भएका छन् ।

जाजरकोटका सिडिअाे सुनारका अनुसार भूकम्पमा परी २७ महिला र १० पुरुषको मृत्यु भएको छ । भूकम्पले जिल्लाका भेरी, नलगाड, कुशे, बारेकोट र छेडागाडमा क्षती पुर्‍याएको छ । भूकम्पका कारण घरहरु भत्किएको जानकारी प्राप्त भए लगत्तै उद्धारका लागि कर्णाली प्रदेश र प्रहरी कार्यालयबाट ४० र २० गरी ६० जनाको उद्धार टोली परिचालन गरिएको छ । जिल्लाका सबै सुरक्षा अङ्गहरु परिचालन भएको प्रजिअ सुनारले बताए । जाजरकोटका प्रहरी नायव उपरीक्षक सन्तोष रोकाका अनुसार भूकम्पमा परी नलगाड नगरपालिकाको उपप्रमुख सरिता सिंहको पनि मृत्यु भएको छ ।

भूकम्पका कारण यहाँ विद्युत सेवा समेत अवरुद्ध भएको छ । सडक सञ्चालनमा पनि समस्या भएकाले घाइतेको उद्धार कठिन भइरहेका उनको भनाइ छ । रातिको समय भएकाले थप विवरण सङ्कलन गर्न कठिनाइ भइरहेको उनले बताए । शुक्रबार राति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटलाई केन्द्रविन्दु बनाएर छ दशमलव चार म्याग्निच्युडको भूकम्प गएको हो । रासस

 

GBIME

प्रतिक्रिया दिनुहोस्