Shikhar Insurance
National Life

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले कमाए १ अर्ब ५२ करोड नाफा, खुद ब्याज आम्दानी कति ?

सिंहदरबार संवाददाता
२०८० कार्तिक १७, शुक्रबार १४:३०
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म १ अर्ब ५२ करोड खुद नाफा आर्जन गरेको हो। यो गत वर्षको सोहि अवधिको तुलनामा ३३.४७ प्रतिशत बढी हो । गत वर्षको सोहि अवधिमा बैंकले १ अर्ब १४ करोड खुद नाफा आर्जन गरेको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

समीक्षा अवधिसम्म बैंकले ४ अर्ब १६ करोड खुद ब्याज आम्दानी आर्जन गरेको छ । त्यस्तै सञ्चालन नाफा ५९.९० प्रतिशतले बढेर २ अर्ब ६० करोड ५४ लाख पुगेको छ । बैंकले इम्पेयरमेन्ट चार्ज बापत ६४ करोड ६ लाख छुट्याएको छ ।

बैंकको चुक्ता पूँजी ३४ अर्ब १२ करोड ८५ लाख र जगेडा कोषमा २५ अर्ब ८९ करोड ३८ लाख छ । बैंकको एनपीएल बढेर ४.८३ प्रतिशत पुगेको छ ।

बैंककाे प्रतिसेयर आम्दानी १७ रुपैयाँ ८४ पैसा कायम भएको छ भने, प्रतिसेयर नेटवर्थ पनि १७३ रुपैयाँ ३७ पैसा कायम रहेको वित्तीय विवरणमा उल्लेख छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्