Shikhar Insurance
National Life

वीरगञ्ज महानगरद्वारा तीन महिनामा १६ करोड २६ लाख राजस्व सङ्कलन

सिंहदरबार संवाददाता
२०८० कार्तिक १७, शुक्रबार १३:५५
Hyundai
NCELL
NIMB

वीरगञ्ज । मधेस प्रदेशकै एकमात्र महानगरपालिका वीरगञ्ज महानगपालिकाले चालु आर्थिक वर्षको तीन महिनामा १६ करोड २६ लाख रुपैयाँ भन्दा बढी राजस्व सङ्कलन गरेको छ ।

सो अवधिमा विभिन्न २१ शीर्षकमा १६ करोड २६ लाख ३६ हजार चार सय ३७ रुपैयाँ राजस्व सङ्कलन गरिएको हो । महानगरपालिकाको राजस्व शाखाका अनुसार चालु आर्थिक बर्षको साउनदेखि असोजसम्ममा सम्पत्ति करबाट सात करोड ४३ लाख ८२ हजार ४७, घरबहाल करबाट एक करोड ७२ लाख २४ हजार एक सय १७रुपैयाँ, व्यवसाय रजिष्ट्रेसन दस्तुरबाट एक करोड आठ लाख २६ हजार दुई सय ३० रुपैयाँ, सरकारी सम्पत्ति बहालबाट एक करोड २७ लाख ९६ लाख दुई सय चार रुपैयाँ, अन्य सेवा शुल्कबाट एक करोड २७ लाख सात हजार दुई सय ७८ रुपैयाँ, नक्सा पास दस्तुरबाट एक करोड चार लाख ४४ हजार छ सय १२ रुपैयाँ, अखेटोपहारमा लाग्ने करबाट ६१ लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यस्तै सिफारिस दस्तुरबाट ७२ लाख २६ हजार पाँच सय ४१ रुपैयाँ, साना सवारी साधन करबाट १० लाख ९९ हजार तीन सय ५० रुपैयाँ, भूमिकर /मालपोतबाट ३८ लाख ३२ हजार चार सय ७८ रुपैयाँ, बहाल बिटौरी करबाट आठ लाख १२ हजार रुपैयाँ र प्रशासनिक दण्ड जरिवानाबापत २३ लाख २३ हजार ८३ रुपैयाँ राजस्व सङ्कलन भएको राजस्व शाखाप्रमुख मनोजकुमार कर्णले जानकारी दिए । यसैगरी व्यक्तिगत घटना दर्ताबाट नौ लाख ३८ हजार तीन सय छ रुपैयाँ, नाता प्रमाणित दस्तुरबाट सात लाख ७४ हजार सात सय ८०, सिफारिस दस्तुरबाट ७२ लाख २६ हजार पाँच सय ४१ रुपैयाँ राजस्व सङ्कलन भएको राजस्व शाखाप्रमुख कर्णले बताए ।

गत आर्थिक वर्ष २०७९/८० को तीन महिनाको तुलनामा करिब तीन करोड रुपैयाँभन्दा बढी राजस्व सङ्कलन भएको हो । महानगरपालिकाले गत आर्थिक वर्षको साउनदेखि असोजसम्म विभिन्न शीर्षकमा १३ करोड ४४ लाख एक सय ८१ रुपैयाँ राजस्व सङ्कलन गरेको थियो । आर्थिक वर्ष २०७८/७९ सम्म घरजग्गा रजिष्ट्रेसन शुल्क महानगरपालिकाले उठाउँदै आएकामा गत आर्थिक वर्षबाट राजस्व बाँडफाँट शीर्षकमा तीनै तहको सरकारमा राजस्व सङ्कलन हुन थालेको छ ।

चालु आर्थिक वर्षमा महानगरपालिकाले सम्पत्ति करको दर घटाए पनि दायरा बढ्को, लामो समयपछि जग्गाको कित्ताकाट खुल्ला गरिएको नक्सापास र जग्गा कारोबार सुरु भएकाले गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा राजस्व सङ्कलन बढेको वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्