Shikhar Insurance
National Life

माछापुच्छ्रे बैंकको नाफा ५४ करोड २२ लाख, प्रतिसेयर आम्दानी कति ?

सिंहदरबार संवाददाता
२०८० कार्तिक १७, शुक्रबार १४:१५
Hyundai
NCELL
NIMB

काठमाडौं । माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। प्रकाशित विवरण अनुसार बैंकले ५४ करोड २२ लाख ३९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको हाे । यो गत वर्षको सोहि अवधिको तुलनामा २०.१८ प्रतिशत बढी हो । गत आर्थिका वर्षको सोहि अवधिमा बैंकले ४५ करोड ११ लाख ८३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ। समिक्ष अवधिमा बैंकको यस्तो आम्दानी ३.१३ रुपैयाँ बढेर १८.६६ रुपैयाँ पुगेको छ। गत वर्षको सोहि अवधिमा बैंकको प्रतिसेयर आम्दानी १५.५३ रुपैयाँ रहेको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैंकको मूल्य आम्दानी अनुपात ११.०९ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १४२.७७ रुपैयाँ रहेको छ। चालु आर्थिक वर्षको असोज मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी ३.९५ प्रतिशत घटेर १ अर्ब ४१ करोड २२ लाख रुपैयाँ रहेको छ। गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ४७ करोड ३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो।

बैंकको खुद फि तथा कमिशन आम्दानी ४.४० प्रतिशत घटेर ३० करोड २५ लाख रुपैयाँ रहेको छ । तग बर्षको सोहि अवधिमा बैंकको यस्तो आम्दानी ३१ करोड ६४ लाख रुपैयाँ रहेको थियो । बैंकको कुल सञ्चालन आम्दानी ४.७४ प्रतिशत घटेर १ अर्ब ८० करोड २२ लाख रुपैयाँ रहेको छ ।

बैंकको सञ्चालन मुनाफा २१.६५ प्रतिशत बढेर ७८ करोड ३५ लाख रुपैयाँ पुगेको छ भने, वितरणयोग्य मुनाफा २ करोड ८५ लाख रुपैयाँ रहेको छ ।

असोज मसान्तसम्म बैंकको खराब कर्जा १.३ प्रतिशतबाट बढेर २.५६ प्रतिशत पुगेको छ । साथै बैंकको कर्जा निक्षेप अनुपात ८३.५६ प्रतिशत र आधार दर १०.०१ प्रतिशत रहेको छ ।

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी ११ अर्ब ६२ करोड १३ लाख रुपैयाँ, जगेडा कोषमा ४ अर्ब ९७ करोड ७ लाख रुपैयाँ रहेको छ । यस अवधिमा बैंकको निक्षेप संकलन ३.४५ प्रतिशत घटेर १ खर्ब ४८ अर्ब ८५ करोड रुपैयाँ र कर्जा ३.४४ प्रतिशत बढेर १ खर्ब ३० अर्ब ४७ करोड रुपैयाँ पुगेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्