Shikhar Insurance
National Life

सानिमा बैंकले तीन महिनामा कमायो ४८ करोड नाफा

सिंहदरबार संवाददाता
२०८० कार्तिक १७, शुक्रबार ००:५८
Hyundai
NCELL
NIMB

काठमाडौं । सानिमा बैंक लिमिटेडले चालु आर्थिक बर्षको पहिलो त्रैमासिकमा ४८ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकले सार्वजनिक गरेको पहिलो त्रैमासिकको अपरिस्कृत वित्तिय विवरण अनुसार बैंकले २०८० असोज मसान्तसम्ममा ४८ करोड नाफा कमाएको हो, जुन २०७९ असोज मसान्तसम्ममा ५४ करोड रुपैयाँ रहेको थियो । अर्थात चालु आवको पहिलो त्रैमासिकमा सानिमाको नाफा ६ करोड रुपैयाँले घटेको हो ।

सानिमाको वितरण योग्य नाफा पनि यसपाली १३ करोड रुपैयाँले ऋणात्मक रहेको छ । २०७९ असोज मसान्त अवधीमा बैंकको वितरण योग्य नाफा १५ करोड रुपैयाँ रहेको थियो । १२ अर्ब ४६ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ५ अर्ब २१ करोड रुपैयाँ रहेको छ । बैंकले असोज मसान्तसम्ममा १८५ अर्ब निक्षेप संकलन गरि १४९ अर्ब रुपैयाँ कर्जा लगानी गर्दा १५२ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सानिमाको प्रति सेयर आम्दानी १५.२१ रुपैयाँ छ भने प्रति सेयर नेटवर्थ १५८.८१ रुपैयाँ छ । सानिमाको खराब कर्जा १.७९ प्रतिशत छ भने कस्ट अफ फण्ड ७.९८ प्रतिशत छ । बैंकको स्प्रेड दर ४ प्रतिशत रहँदा आधार ब्याजदर ९.७५ प्रतिशत रहेको छ । सानिमा बैंकको सीडी रेसियो भने जम्मा ७६.९६ प्रतिशत मात्रै रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्