Shikhar Insurance
National Life

संकट छिचोल्दै नबिल बैंकले कमायो १४६ करोड नाफा

सिंहदरबार संवाददाता
२०८० कार्तिक १७, शुक्रबार ००:०८
Hyundai
NCELL
NIMB

काठमाडौं । नबिल बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासिकमा एक अर्ब ४६ करोड रुपैयाँ नाफा कमाएको छ । बैंकले अघिल्लो आर्थिक बर्षको सोही अवधीमा एक अर्ब ५७ करोड रुपैयाँ नाफा कमाएको थियो । अघिल्लो आवको तुलनामा यसपाली नबिलको नाफा ११ करोड रुपैयाँले घटेको देखिए पनि बैंकले निक्षेप संकलन तथा कर्जा लगानीमा भने सुधार नै गरेको देखिन्छ ।

बैंकले यसपाली असोज मसान्तसम्ममा ४१४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर ३५३ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । जसबाट बैंकले ४१७ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको देखिन्छ । २०७९ असोज मसान्तमा बैंकले जम्मा ३९६ रुपैयाँ निक्षेप संकलन गरि ३३२ अर्ब रुपैयाँ कर्जा लगानी गरि ३६७ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

२७ अर्ब ५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको नबिलको जगेडा कोषमा २८अर्ब  ३९ करोड रुपैयाँ रहेको छ । बैंकको प्रति सेयर आम्दानी २१.३१ रुपैयाँ रहेको छ भने प्रति सेयर नेटवर्थ २१८.२७ रुपैयाँ रहेको छ ।
नबिलको खराब कर्जा १.५८ प्रतिशत छ भने कस्ट अफ फण्ड ७.८९ प्रतिशत छ । बैंकको सीडी रेसियो ८६.५३ प्रतिशत रहँदा आधार ब्याजदर ९.५८ प्रतिशत छ ।

नबिलको स्प्रेड दर ३.९९ प्रतिशत रहेको छ । नबिलको वितरण योग्य नाफा भने पहिलो त्रैमासिकमा वितरणयोग्य मुनाफा ३ अर्ब ६० करोड  रुपैयाँ रहेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्