Shikhar Insurance
National Life

एनएमबि बैंकको तीन महिनाको नाफा एक अर्ब नजिक, अरु सूचक कस्ता ?

सिंहदरबार संवाददाता
२०८० कार्तिक १६, बिहीबार २२:३९
Hyundai
NCELL
NIMB

काठमाडौं । एनएमबि बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासिकमा करिब एक अर्ब रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकले असोज मसान्तसम्ममा ९६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको हो ।
बैंकले प्रकाशित गरेको पहिलो त्रैमासिकको अपरिस्कृत वित्तिय विवरण अनुसार यो नाफा अघिल्लो आवको सोही अवधीको तुलनामा ६ करोड रुपैयाँले बढी हो । २०७९ असोज मसान्तसम्ममा बैंकको यस्तो नाफा जम्मा ९० करोड रुपैयाँ मात्रै थियो ।

यद्यपी बैंकको वितरण योग्य नाफा भने २७ करोड रुपैयाँले ऋणात्मक देखिन्छ । बैंकले पहिलो त्रैमासिक अवधीसम्ममा २ खर्ब एक अर्ब रुपैयाँ निक्षेप संकलन गरि एक खर्ब ९२ अर्ब रुपैयाँ कर्जा लगानी गरि २ अर्ब २२ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको देखिन्छ । १८ अर्ब ३६ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ९ अर्ब ८७ करोड रुपैयाँ छ । बैंकको प्रति सेयर आम्दानी २०.९८ रुपैयाँ पुगेको छ, जुन अघिल्लो आवको सोही अवधीमा १९.६९ रुपैयाँ मात्रै थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैंकको प्रति सेयर नेटवर्थ १५९.६९ रुपैयाँ पुगेको छ । बैंकको खराब कर्जा २.८४ प्रतिशत पुगेको छ जुन अघिल्लो असोज मसान्तसम्ममा १.९० प्रतिशत मात्रै थियो । बैंकको आरओई १३.१९ प्रतिशतबाट बढेर १३.३४ प्रतिशत पुगेको छ ।

एनएमबिको सीडी रेसियो ८६.३९ प्रतिशत रहेको छ । बैंकको कस्ट अफ फण्ड ८.०५ प्रतिशत छ भने आधार ब्याजदर घटेर ९.८५ प्रतिशतमा झरेको छ । एनएमबिको स्प्रेड दर ३.९९ प्रतिशत कायम भएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्