काठमाडौं । नेपाल राष्ट्र बैंकले नारायणी डेभलपमेन्ट बैंकलाई ८औं पटक कारबाही गरेको छ । आर्थिक वर्ष २०७९–८० को चौथो त्रयमासमा नारायणी डेभलपमेन्ट बैंक पटक–पटक राष्ट्र बैंकको कारबाहीमा परेको हो ।
बैंक अन्तर्गतको वित्तीय संस्था सुपरीवेक्षण विभागले गैरस्थलगत सुपरीवेक्षाको आधारमा नारायणी डेभलपमेन्ट बैंकलाई कारबाही स्वरुप नगद जरिवाना गरेको हो ।
अनिवार्य नगद मौज्दात अनुपात (सीआरआर) कायम नगरेको भन्दै नारायणी डेभपलपेन्ट बैंकलाई चौथौं, पाँचौ, छैटौं, सातौं र आठौं पटक कारबाही गरिएको छ।
राष्ट्र बैंकका अनुसार नारायणी डेभलपमेन्ट बैंकलाई चौथौं पटकमा ६६ हजार ५३ रुपैयाँ, पाँचौं पटकमा ३३७ रुपैयाँ, छैटौं पटकमा ४२ हजार १२६ रुपैयाँ, सातौं पटकमा ५३ हजार २८ रुपैयाँ र आठौं २ हजार ४७८ रुपैयाँ जरीवाना गरेको हो ।
प्रतिक्रिया दिनुहोस्