काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको सुधार देखिएको छ । आज नेप्से परिसूचक ३.०४ अंकले बढेर १,८७८.७० अंकमा कायम भएको छ ।
आज २८७ कम्पनीको २८ लाख २४ हजार ७ कित्ता सेयर ३० हजार २३७ पटक खरिद बिक्री हुँदा ६९ करोड ४२ लाख २२ हजार दुई सय १७ बराबरको कारोबार भएको छ । कारोबारमा आएको १२८ कम्पनीको सेयर मूल्य बढेको छ । ९७ कम्पनकिो घटेको छ भने, १४ कम्पनकिो सेयर मूल्य स्थिर छ ।
आज होटल तथा पर्यटन समूह शून्य दशमलव ४२, उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ८० र म्युचुअल फन्ड शून्य दशमलव ४६ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । आज सबैभन्दा धेरै निर्जीवन बीमा समूह शून्य दशमलव ८६ र व्यापार समूह शून्य दशमलव ८१ प्रतिशतले बढेको छ ।
आज सबैभन्दा धेरै पञ्चकन्या माइ हाइड्रोपावर लिमिटेडको सेयर मूल्य ७.८२ प्रतिशतले बढेको छ भने सबैभन्दा धेरै घट्नेमा सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
कारोबार भएका सेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको ३ करोड ६० लाख ७४ हजार सात सय ४० बराबरको सेयर किनबेच भएको छ । कारोबार भएका सेयर सङ्ख्याका आधारमा भने सिद्धार्थ बैंक लिमिटेड प्रमोटर सेयर दुई लाख कित्ता किनबेच भएको छ ।
प्रतिक्रिया दिनुहोस्