काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २८.१८ अंकले ओरालो लागेर १,८७५.६५ मा सीमित भएको छ । यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.१६ अंकले ओरालो लागेर ३६१.९४ मा सीमित भएको छ ।
कारोबार भएका १३ वटै उपसमूहको सेयर मूल्यमा गिरावट भएको छ । कूल २७ लाख १२ हजार एक सय २३ कित्ता सेयर ७४ करोड २९ लाख २५ हजार तीन सय ९२ मूल्यमा कारोबार भएको छ।
कारोबारका आधारमा नेशनल हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा छ । कम्पनीको ४ करोड ८ लाख ५६ हजार तीन सय १५ मूल्यमा खरिदबिक्री भए । यस्तै, हाथवे इन्भेस्टमेन्ट नेपाल २ करोड ४७ लाख २७ हजार ,सिटिजन लाइफ इन्स्योरेन्स २ करोड ३० लाख चार हजार एक सय ८३, नविल बैंक २ करोड १७ लाख ३७ हजार ६ सय ५२ र घोराही सिमेन्ट एक करोड ९९ लाख एक हजार ४ सय ३४ मूल्यमा कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।
नेप्सेका अनुसार माथिल्लो सोलु हाइड्रो ८.९९, सिवाइसी नेपाल लघुवित्त ६.६०, घलैम्दी हाइड्रो ५.७१, बीपीडब्ल्यू लघुवित्त ५.६२ र सयपत्री हाइड्रोपावरका लगानीकर्ताले ३.६७ प्रतिशतले कमाएका छन् । यस्तै, सोनापुर मिनरल्स १०, नेशनल हाइड्रोपावर ७.९२, एनआइबीएल प्रगति फण्ड ५.५७, एनआइसी एशिया ग्रोथ फण्ड ५.५३ र इन्ग्वा हाइड्रोपावरका लगानीकर्ताले ५.३३ प्रतिशतले गुमाएका छन्।
प्रतिक्रिया दिनुहोस्