Skip to content
Shikhar Insurance
National Life

लाभांश प्रस्ताव पारित गर्न नेप्सले बोलायो साधारण सभा, प्रिमियम आईपीओ निष्कासन गर्ने तयारी

Hyundai
NCELL
NIMB

काठमाडौं। नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम लिमिटेड(नेप्स)ले साधारण सभा बोलाएको छ । कम्पनीले २१ प्रतिशत लाभांश प्रस्ताव पारित गर्नका लागि कात्तिक २३ गते साधारण सभा आह्‍वान गरेको हो।

कम्पनीले आरण्ड बुटिक होटलमा १०औं वार्षिक साधारण सभा आह्‍वान गरेको हो।

साधारण सभाबाट कुल २१.०५३ प्रतिशत लाभांश प्रस्ताव पारित गर्ने छ। प्रस्तावित उक्त लाभांश प्रस्तावमध्ये २० प्रतिशत बोनस सेयर रहेको छ भने, बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि कम्पनीले १.०५३ प्रतिशत नगद लाभांश रहेको छ।

उक्त लाभांश साधारण सभाले पारित गरेपछि लगानीकर्ताहरुलाई वितरण गर्न योग्य हुनेछ। कम्पनीले प्रिमियम मूल्यमा आईपीओ निष्कासनको तयारी समेत गरेको छ। त्यसका लागि साधारण सभामा प्रस्ताव लगिंदैछ।

GBIME

प्रतिक्रिया दिनुहोस्