काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले कात्तिक २१ गतेदेखि एफपीओ निष्काशन गर्ने भएको छ । कम्पनीको एफपीओ भने प्रति कित्ता एक सय रुपैयाँमै किन्न पाइनेछ ।
साबिकको उन्नति लघुवित्त र सहकार्य लघुवित्त गाभिएर उन्नति सहकार्य लघुवित्त बनेका ह्न् । लघुवित्तको पूँजी संरचना संस्थापक समूहको ७५.४५ प्रतिशत र सर्वसाधारणको २४.५५ प्रतिशत रहेको छ।
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पूँजी संरचना ३० प्रतिशत कायम गर्न एफपीओ जारी गर्न कम्पनीले एफपीओ जारी गर्न लागेको हो ।
लघुवित्तले १ लाख ७८ हजार ४५१.१८ कित्ता सेयर निष्काशन गर्न लागेको हो । सिद्धार्थ क्यापिटल बिक्रि प्रबन्धक रहेको एफपीओले इक्रा एनपी इस्यूअर रेटिङ्ग बी प्लस प्राप्त गरेको छ ।
प्रतिक्रिया दिनुहोस्