दिल्ली । भारतीय बहुराष्ट्रिय कम्पनी टाटा समूहले भारतमा एप्पलका आइफोनहरु बनाउन सुरु गर्नेभएको छ । समूहले भारतमा एप्पलका आइफोनहरु बनाउन सुरु गर्ने इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि मन्त्री राजीव चन्द्रशेखरले शुक्रबार बताएका हुन ।
विस्ट्रोन कर्पोरेसनले दक्षिण भारतमा रहेको एक प्लान्ट बिक्री गर्न सहमत भएपछि टाटा इन्डिया पहिलो स्वदेशी आइफोन निर्माता बन्न लागेको हो । प्लान्ट स्रोतले गराएको जानकारी अनुसार, कारोबार मूल्य अनुमानित १२ करोड ५० लाख अमेरिकी डलर अनुमान गरिएको छ ।
चन्द्रशेखरले भने, “टाटा समूहले भारतबाट घरेलु र वैश्विक बजारका लागि भारतबाट आईफोन बनाउन सुरु गर्नेछ ।” एप्पलले भारतमा आफ्ना उत्पादन गर्ने गरी बजार निर्माणमा अहिले ध्यान केन्द्रित गरिरहेको छ। चीनमा रहेको निर्भरता हटाउन एप्पल भारतमा लगानी गर्न खोजिरहेको छ।
विस्ट्रनसँग मिलेर एप्पलले सन् २०१७ देखि भारतमा आइफोन एसम्बल गर्न सुरु गरेको थियो । रासस
प्रतिक्रिया दिनुहोस्