Shikhar Insurance
National Life

दसैँ बिदामा घुम्नुस् लुम्बिनी प्रदेशका यी आकर्षक गन्तव्य

सिंहदरबार संवाददाता
२०८० कार्तिक ८, बुधबार ०७:४५
Hyundai
NCELL
NIMB

काठमाडौं । दसैंमा घुमघामको चलन बढेको छ। परिवार र साथीभाइसँग मिलेर लामो ट्राभल गर्ने, हाइकिङ, ट्रेकिङ जानेहरू बढेका छन् । यसपालिको दसैं विदामा तपाईं लुम्बिनी प्रदेश घुम्ने योजना बनाउँदै हुनुहुन्छ भने उल्लेखित ठाउँहरू उपयुक्त हुन सक्छन् ।

लुम्बिनी
लुम्बिनी विश्वकै धार्मिक पर्यटनको मुख्य गन्तव्य हो । शान्तिका अग्रदुत भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनी रुपन्देही जिल्लामा पर्छ। इशापूर्व ५६३ वैशाख पूर्णिमामा आमा मायादेवीको कोखबाट लुम्बिनीमा सिद्धार्थ गौतमबुद्धको जन्म भएको थियो। जहाँ वर्षेनि लाखौं पर्यटकहरू पुग्छन् । सवारी साधनमार्फत लुम्बिनी पुग्न सकिन्छ। अथवा भैरहवा विमानस्थलसम्म हवाइमा र त्यहाँबाट सवारीमा पनि जान सकिन्छ । लुम्बिनी रुपन्देहीको भैरहवाबाट २२ किलोमिटर टाढा छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

रानी महल
लुम्बिनी प्रदेशको अर्को पर्यटकीय गन्तव्य हो, पाल्पाको रानीमहल । विक्रम सम्वत् १९५० देखि १९५४ सम्म चार वर्ष लगाएर बनाइएको कलात्मक रानीमहल दरबार पनि पर्यटकको मुख्य रोजाई बन्ने गरेको छ । रानीमहलमा प्रेमी जोडीसँगै परिवार र साथीभाइहरू अवलोकनका लागि जान्छन् । पाल्पा गौंडाका तत्कालीन जनरल खड्ग शमशेरले दिवंगत रानी तेजकुमारीको सम्झनामा बनाएको यो रानीमहल दरबार बेलायती इन्जिनीयरले डिजाइन गरेका हुन् । हेर्दै आकर्षक देखिने यो मल निकै कलात्मक छ । यसको आफ्नै ऐतिहासिक विशेषताहरू छन् ।

नेपालको ताजमहल भनिने रानी महल पाल्पाको तानसेनबाट १३ किलोमिटर टाढा रहेको छ । कालिगण्डकीको तिरमा मनोरम प्राकृतिक स्थलमा रहेको रानीमहललाई तानसेन नगरपालिकाले संग्रहालय बनाएर संरक्षण गरेको छ । तानसेनबाट पैदल हिँडेरै पनि साढे दुई घण्टामा पुग्न सकिने रानीमहल पछिल्लो समय पाल्पामा पहिलो पर्यटकीय स्थलको रुपमा परिचित छ । चिसो मौसम, स्वच्छ वातावरण रहेको रानीमहल नजिकै खाना तथा बास बस्नका लागि होटल तथा रेष्टुराहरु पनि सञ्चालित छन् ।

स्वर्गद्धारी मन्दिर
प्युठानको स्वर्गद्धारी मन्दिर पनि लुम्बिनी प्रदेशको प्रमुख गन्तव्य हो। प्युठानको सदरमुकाम खलङ्गाबाट २६ किलोमिटरको दुरीमा रहेको स्वर्गद्वारी मन्दिर नेपालकै प्रमुख धार्मिक पर्यटनको केन्द्रमध्ये एक हो । स्वर्गद्वारीमा विभिन्न देशबाट समेत पर्यटकहरू पुग्छन् । विषेशगरी वैशाख पूर्णिमा, उभौली पर्व तथा बुद्धजयन्तीमा यहाँ भव्य मेला लाग्दछ । यहाँ रथयात्रा समेत गरिन्छ भने वेदको पाठशाला पनि सञ्चालन गरिएको छ । पर्यटकको भिडभाड भइरहने यो पवित्र स्थलको अवलोकन गर्नु पनि दसैँ बिदाको सदुपयोग गर्ने माध्यम बन्न सक्छ ।

सुपादेउराली मन्दिर
लुम्बिनी पछिको दोस्रो पर्यटक आवागमन बढी हुने स्थान सुपादेउराली यस क्षेत्रकै महत्वपूर्ण धार्मिक गन्तव्य हो । कपिलवस्तुको गोरुसिंगेबाट सडकको ४७ किलोमिटर दुरीमा महाभारत प्रर्वत श्रृखलाको ठूला पहाडको खोँचमा रहेको प्राचीन शैलीबाट निर्मित मन्दिर प्रसिद्ध धार्मिक तीर्थ स्थल सुपा देउराली मन्दिर छ।

स्थानीयका अनुसार प्राचीन कालमा एक युवकले आफू लाहुरे (भारतीय सेना)हुन पाउँ भनी भाकल गरेको र लाहुरे भइसकेपछि देवीलाई छलरे अर्कै बाटो प्रयोग गर्दा उनी भिरमा टाँसिएर मृत्यु भएको थियो । जिल्लाको मध्यभाग देवीस्थलमा पर्ने यो मन्दिरमा बली दिएर विभिन्न पूजाआजा गरिन्छ भने विवाह, ब्रतवन्ध पनि गरिन्छ । बली चढाएका पशुपंक्षी घरमा नलगी नरपानी डाँडामा प्रसाद बनाएर खाने प्रचलन छ ।

बाँके राष्ट्रिय निकुञ्ज
बाँके जिल्लामा रहेको बाँके राष्ट्रिय निकुञ्ज लुम्बिनी प्रदेशको अर्को महत्वपुर्ण पर्यटकीय गन्तव्य हो। प्रकृति र जीवजन्तु प्रेमीहरूका लागि निकुञ्ज घुमघामका लगि उपयुक्त मानिन्छ । निकुञ्ज घुम्नका लागि पैदलमार्ग, हात्ती सफारी, बास बस्न घरबास (होमस्टे), राप्ती नदीमा जल विहार लगायतको व्यवस्था छ । निकुञ्ज घुम्न आउने पर्यटकलाई लक्षित गरी नेपालगञ्ज र कोहलपुरमा तारे होटल तथा निकुञ्ज छेउछाउ होमस्टे समेत सञ्चालन गरिएको छ । यदी प्रकृति र जीवजन्तु मन पराउनुहुन्छ भने यो गन्तव्य पनि तपाइलाई मन पर्न सक्छ ।

बर्दिया राष्ट्रिय निकुञ्ज
बर्दिया जिल्लाको बर्दिया राष्ट्रिय निकुञ्ज नेपालको एक प्रमुख पर्यटकीय गन्तव्य भन्दा फरक पर्दैन । बर्दियाको ठाकुरद्वारामा रहेको यो राष्ट्रिय निकुञ्ज करिब ९६८ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ । सन् १९६८ मा शाही सिकार आरक्षको रुपमा स्थापना गरिए पनि पछि यसलाई शाही बर्दिया वन्यजन्तु आरक्षण नामकरण गरिएको हो । बबई नदी आसपासको क्षेत्रलाई पनि समेटेर यसलाई राष्ट्रिय निकुञ्ज घोषणा गरिएको छ । निकुञ्जमा बाघ संरक्षणका लागि मुख्य पहल गरिएको छ। यहाँ गैंडा, घडियाल, डल्फिन, गोही आदिको संरक्षण गरिएको छ। यहाँ ५६ प्रजातिका बन्यजन्तु र ४३८ थरीका रैथाने र बसाइ सरी आउने चरा पाइन्छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्