काठमाडौं । साँग्रिला डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको कमाइबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो।
बैंककले कार्तिक ३ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२६३ प्रतिशत नगद गरी कुल ५.२६३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामि साधारणसभाले पारित गरेपछि सेयरधनीहरुले पाउनेछन्।
प्रतिक्रिया दिनुहोस्