काठमाडौं । एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७९/८० को सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बराबरको नगद लाभांश बाँड्ने निर्णय गरेको छ ।
सञ्चालक समितिको बुधबार बसेको १८८औं बैठकले हाल कायम चुक्ता पुँजी १ अर्ब ७३ करोड ९४ लाख ४० हजार रुपैयाँको १५ प्रतिशत अर्थात् २६ करोड ९ लाख १६ हजार बराबरको कर प्रयोजनसहित नगद लाभांश प्रदान गर्ने निर्णय गरेको हो ।
नेपाल राष्ट्र बैंकको स्वीकृति प्राप्त भई वित्तीय संस्थाको आगामी छैटौं वार्षिक साधारण सभाबाट पारित भएपश्चात् लागु हुने गरी वितरण गर्ने निर्णय भएको संस्थाले जनाएको छ । संस्था स्थापना भएको ६ वर्ष पूरा भएको छ । यो वित्तीय संस्था मुलुकभर ७४ जिल्लामा २८७ शाखा कार्यालयमार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्