Skip to content
Shikhar Insurance
National Life

एनआईसी एशिया लघुवित्तद्वारा लगानीकर्ताहरुलाई १५ प्रतिशत लाभांश घोषणा

Hyundai
NCELL
NIMB

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट सरेयरधनीहरुलाई वितरण गर्न कुल १५ प्रतिशत लाभांश घोषणा गरेको हो ।

लघुवित्तको कात्तिक १ गते बसेको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

लघुवित्तले हाल कायम चुक्ता पूँजी एक अर्ब ७३ करोड ९४ लाख ४० हजार रुपैयाँको कर सहित १५ प्रतिशतका दरले हुने २६ करोड ९ लाख १६ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाबाट पारित गरेपश्चात सेयरधनहिरुलाई वितरण गरिनेछ।

GBIME

प्रतिक्रिया दिनुहोस्