Skip to content
Shikhar Insurance
National Life

होटल एन्ड होमको वेबसाइट चेकआउटमा आइएमई पे मार्फत भुक्तानी गर्दा १० प्रतिशत छुट

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट आइएमई पे ले होटल एन्ड होमसँग सम्झौता गरेको छ। जसअन्तर्गत होटल एन्ड होमको वेबसाइटमार्फत नेपालभित्रका बिभिन्न होटलहरुमा बुकिङ गरी आइएमई पे मार्फत भुक्तानी गर्ने सेवाग्राहीहरुले फ्ल्याट १० प्रतिशत छुट पाउनेछन् ।

नजिकिँदै गरेको राष्ट्रिय चाड दशैं-तिहार तथा छठलाई लक्षित गर्दै सञ्चालनमा ल्याइएको सो छुट कार्तिकको अन्त्य सम्म लागू हुनेछ । आइएमई पेका प्रमुख मार्केटिङ अधिकृत सन्जिवचन्द्र न्यौपाने तथा होटल एन्ड होमका प्रमुख कार्यकारी अधिकृत उत्सव पाठकले सम्झौता हस्ताक्षर गरेका छन् ।

भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ‘आइएमई पे’ मोबाइल वालेट एप अन्तर्गतको विद्युतीय भुक्तानी सेवा प्रदायक हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्याेट विनियमावली २०७२ बमोजिम आइएमई डिजिटल दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्