बेइजिङ । चीनका राष्ट्रपति सि जिनपिङले चीनको उच्च गुणस्तरको बेल्ट एन्ड रोड कोअपरेसनको संयुक्त प्रयासलाई सहयोग गर्ने एक प्रमुख कदमका रूपमा हरित विकासलाई निरन्तरता दिइने बताएका छन् ।
राष्ट्रपति सिले हरित पूर्वाधार, हरित ऊर्जा, हरित यातायात जस्ता क्षेत्रमा सहयोगलाई अझ विशेष बनाउदै बीआरआई इन्टरनेसनल हरित विकास गठबन्धनलाई सहयोग बढाउने बताए ।
उनका अनुसार चीनले बीआरआईहरित नवप्रवर्तन सम्मेलनलाई निरन्तरता दिने र सौर्य उद्योगका लागि संवाद र आदान–प्रदान संयन्त्र तथा कबर्वन नियन्त्रणका लागि विशेषज्ञको नेटवर्क स्थापना गरिने जानकारी दिए ।
यसै सन्दर्भमा राष्ट्रपति सिले बीआरआईका लागि हरित लगानी सिद्धान्त लागू गर्ने तथा २०३० सम्ममा साझेदार देशहरूलाई १ लाख प्रशिक्षण उपलब्ध गराउने घोषण गरे। एएफपी
प्रतिक्रिया दिनुहोस्