Skip to content
Shikhar Insurance
National Life

नेपालमा लगानीका लागि अर्जेन्टिनालाई चेम्बरको आग्रह

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानीका लागि अर्जेन्टिनलाई आग्रह गरेको छ। नेपालका लागि अर्जेन्टिनाका राजदूत ह्युगो जाभियर गोवीसँग चेम्बर भवनमा आज भएको भेटबार्तामा चेम्बर अध्यक्ष राजेन्द्र मल्लले लगानीका लागि आग्रह गरेका छन्।

नेपालको पर्यटन, सूचना प्रविधिलगायतका क्षेत्रमा प्रतिफलको उच्च सम्भावना भएको अध्यक्ष मल्लले बताए । मल्लले भने, ‘अर्जेन्टिना भौगोलिक दृष्टिकोणले टाढा भएपनि ब्यापारिक क्षेत्रमा थुप्रै सहकार्य गर्न सकिन्छ । नेपालको पर्यटन क्षेत्र पृथक खालको छ । सूचना प्रविधिमा पनि अधिक सम्भावना छ । दुई देशका निजी क्षेत्रबीच सहकार्य मार्फत लगानीका लागि आग्रह गर्दछु।’

नेपालमा अवैतनिक दूतको नियुक्ति गरेर व्यापारिक सहकार्य गर्नसमेत अध्यक्ष मल्लले राजदूत गोवीसंग आग्रह गर्नुभयो । नेपाल अर्जेन्टिनाबीचको कूटनीतिक सम्बन्ध ६० वर्ष पूरा भएको सन्दर्भमा अध्यक्ष मल्लले व्यापारिक सम्वन्धलाई थप विस्तार गर्नुपर्नेमा जोड दिए ।

अध्यक्ष मल्लले अर्जेन्टिनाको निजी क्षेत्र र नेपाल चेम्बर अफ कमर्सबीच सहकार्य गर्न सकिए आर्थिक गतिविधि विस्तार हुने बताए । नेपालले अर्जेन्टिनाबाट गतवर्ष करिब २५ अर्व रुपैयाँको वस्तु आयात गरेको थियो ।

राजदूत गोवीसँग अध्यक्ष मल्लले नेपालको जलविद्युत्, वनजन्य उद्योग, जडीबुटी प्रशोधन जस्ता क्षेत्रमा समेत लगानीका लागि प्रस्ताव गरेका छन् । दुई देशका निजी क्षेत्रस्तरमा उच्चस्तरीय व्यपारिक भ्रमण गराएर आर्थिक गतिविधि विस्तार गर्न सकिनेमा अध्यक्ष मल्लले जोड दिए ।
जवाफमा राजदूत गोवीले नेपालमा आर्थिक गतिविधी विस्तार गर्नका लागि आफूले पहल गर्ने बताउनुभयो । हिमालय पर्वतको देश नेपाल भौगोलिक र प्राकृतिक दृष्टिकोणले समेत उच्च रहेको राजदूत गोवीको भनाइ छ ।

दुई मुलुकबीचको सम्वन्धलाई जनस्तरबाटै विकास गर्नुपर्नेमा राजदूत गोवीले जोड समेत दिए । उनले भने, नेपालसंगको सम्वन्धलाई जनस्तरबाटै विकास गर्न आवश्यक छ यसका लागि पनि म पहल गर्छु।’ नेपालको खाद्य सुरक्षाका लागि सहयोग गर्न अर्जेन्टिना तयार रहेको समेत राजदूत गोवीले बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्